Trending
Prev Story
Next Story

विकास हाइड्रोपावरको रेटिङमा ‘नेगेटिभ वाच’, बढ्दो जोखिमको संकेत

Bizshala •
November 02, 2026 • 12:33 PM
1
1 reads 0 reactions

काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको इश्युअर रेटिङलाई इक्रा नेपालले नकारात्मक प्रभावसहित सूक्ष्म...

विकास हाइड्रोपावरको रेटिङमा ‘नेगेटिभ वाच’, बढ्दो जोखिमको संकेत

काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको इश्युअर रेटिङलाई इक्रा नेपालले नकारात्मक प्रभावसहित सूक्ष्म निगरानीमा राखेको छ।

इक्रा नेपाल लिमिटेडले कम्पनीलाई यसअघि प्रदान गरेको [ICRANP-IR] BBB- रेटिङलाई संशोधन गर्दै [ICRANP-IR] BBB-@ कायम गरेको हो। ‘@’ संकेतले कम्पनीको रेटिङलाई ‘Watch with Negative Implications’ अर्थात् प्रतिकूल प्रभावसहित निगरानीमा राखिएको जनाउँछ।

इक्राका अनुसार उक्त रेटिङ भएका संस्थालाई वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका हिसाबले मध्यमस्तरको सुरक्षित मानिन्छ। यस्तो रेटिङ प्राप्त संस्थामा क्रेडिट जोखिमसमेत मध्यम रहने इक्राले जनाएको छ।

कम्पनीको आधारभूत रेटिङ ‘BBB-’ नै कायम रहे पनि त्यसमा ‘नेगेटिभ वाच’ थपिनुले आगामी अवधिमा कम्पनीको क्रेडिट प्रोफाइलमाथि दबाब पर्न सक्ने संकेत गरेको छ।

विशेषगरी रेटिङ एजेन्सीले कुनै कम्पनीलाई ‘Watch with Negative Implications’ मा राख्नु भविष्यमा रेटिङ घट्न सक्ने सम्भावनालाई नजिकबाट मूल्यांकन गरिरहेको अवस्थाका रूपमा हेरिन्छ।

इक्राले भने उक्त रेटिङ कम्पनीको समग्र क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र भएको र कुनै निश्चित ऋणपत्र वा वित्तीय उपकरणका लागि दिइएको रेटिङ नभएको स्पष्ट पारेको छ।

इक्राको रेटिङ संरचनाअनुसार ‘BBB-’ रेटिङ ‘BBB’ भन्दा एक तह तल पर्छ भने ‘BBB+’ एक तह माथि पर्छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मंसिर १०...

#हाइड्रोपावर
Compare →
Hamro Patro News
1d ago
नुनको दानाभन्दा पनि सानो डिभाइसले अब दिमागको संकेत वायरलेस रूपमा पठाउने!

नुनको दानाभन्दा पनि सानो डिभाइसले अब दिमागको संकेत वायरलेस रूपमा पठाउने!

काठमाडौं । वैज्ञानिकहरूले नुनको दानाभन्दा पनि सानो आकारको डिभाइस विकास गरेका छन्, जसले मानव मस्तिष्कका संकेत वायरलेस माध्यमबाट रेकर्ड तथा प्रसारण गर्न सक्नेछ। अमेरिकाको कर्नेल विश्वविद्यालयका इन्ज...

#विकास #संकेत
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#विकास
Compare →
Nagarik News
3d ago
आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

#विकास
Compare →

Related Stories

Business & Economy
Build #2611