Trending
Prev Story
Next Story

पोखरा चिनाउँदै विदेशी ‘कन्टेन्ट क्रिएटर’

Nagarik News •
November 02, 2026 • 11:38 AM
1
1 reads 0 reactions

पोखरालाई चिनाउन विभिन्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ‘ट्राभल कन्टेन्ट क्रिएटर’ यतिबेला पोखरामा छन्।

पोखरा चिनाउँदै विदेशी ‘कन्टेन्ट क्रिएटर’

अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय सहर पोखरालाई चिनाउन विभिन्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ‘ट्राभल कन्टेन्ट क्रिएटर’ यतिबेला पोखरामा छन्।

‘प्रकृति, संस्कृति र साहस’ मा आधारित यहाँका पर्यटकीय गन्तव्यलाई सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट विश्व पर्यटन बजारमा प्रवर्द्धनका लागि उनीहरु पोखरा आएका हुन्।

नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा पोखरा आएका कन्टेन्ट क्रिएटरले यहाँका विभिन्न गन्तव्यमा पुगी भिडियो सामग्री निर्माण गरिरहेको बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका कन्टेन्ट क्रिएटर पोखरा आएको उनको भनाइ छ।

‘ट्राभल कन्टेन्ट क्रिएटरले पहिलो चरणमा पोखरा, चितवन र बर्दियाको प्रवद्र्धनात्मक भिडियो सामग्री निर्माण गरी टिकटिकलगायत सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्नेछन्’, बोर्डका कार्यकारी सदस्य पोखरेलले भने, ‘यो अभियान वर्षभरि नै सञ्चालन हुन्छ, अन्य देशका प्रभावशाली कन्टेन्ट क्रियटरलाई पनि नेपालको भ्रमण गराएर विश्वमाझ नेपालको पर्यटन प्रवद्र्धन गर्ने बोर्डको योजना छ।’

पोखरा आएका कन्टेन्ट क्रियटल शनिबार साँझदेखि यहाँका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका गन्तव्यको स्थलगत भ्रमण गरिरहेको उनले बताए।

उनीहरुले फेवाताल, पातले छाँगो (डेभिज फल्स), विश्व शान्ति स्तूपा, पुम्दीकोट, कास्कीकोट, सराङकोट, बेगनास ताललगायतका गन्तव्यस्थलमा पुगी भिडियो सामग्री तयार गर्नेछन्।

यहाँको प्राकृतिक सौन्दर्य, मौलिक कला, संस्कृति, साहसिक गतिविधि र स्थानीय जीवनशैलीलाई समेटेर निर्माण गरिएका भिडियो सामग्रीले पोखरा मात्र नभएर सिङ्गो देशकै पर्यटन प्रवर्द्धन हुने बोर्डका कार्यकारी सदस्य पोखरेलले बताए।

चर्चित कन्टेन्ट क्रियटरको टिकटकलगायत सामाजिक सञ्जालका माध्यमबाट पोखराको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न सकिने हुँदा बोर्डको अभियान प्रभावकारी हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए।

‘धेरै फलओर्स भएका कन्टेन्ट क्रिएटरले टिकटिकबाट पोखराको भिडियो राख्दा त्यो विश्वभरका लाखौँ दशर्कमाझ पुग्न सक्छ’, उनले भने, ‘गन्तव्य प्रवर्द्धनका लागि सामाजिक सञ्जालमा राखिने छोटो भिडियो सामग्री पछिल्लो धेरै प्रभावकारी देखिएको छ।’ रासस

प्रकाशित: १६ कार्तिक २०८३ १७:२३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल संघ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ । तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्त...

#पोखरा #पर्यटन
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#पोखरा
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#पोखरा
Compare →
Ekantipur
1d ago
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2611