Trending
Prev Story
Next Story

चितवनको कप्तान राजा, कुशल मल्ल लगातार बेन्चमा

Onlinekhabar •
November 02, 2026 • 12:01 PM
1
1 reads 0 reactions 4 comments

१६ कात्तिक, काठमाडौं । सिकन्दर राजा आइतबार राति अफगानिस्तान विरुद्धको टी२० सिरिजमा जिम्बावेको राष्ट्रिय टिमका कप्तानी गरिरहेका थिए । यूएईको सारजहामा भएको उक्त खेलमा जिम्बावे अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो । अफगानिस्तानले तीन खेलको टी-२० …

चितवनको कप्तान राजा, कुशल मल्ल लगातार बेन्चमा

१६ कात्तिक, काठमाडौं । सिकन्दर राजा आइतबार राति अफगानिस्तान विरुद्धको टी२० सिरिजमा जिम्बावेको राष्ट्रिय टिमका कप्तानी गरिरहेका थिए । यूएईको सारजहामा भएको उक्त खेलमा जिम्बावे अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले तीन खेलको टी-२० सिरिजन ३-० ले जितेको थियो । नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो सिजनका लागि उनी चितवन राइनोजमा अनुबन्ध भएका थिए । राष्ट्रिय टिमको खेल रहेकोले राजा चितवनका लागि सुरु दुई खेलमा उपलब्ध भएनन् । चितवनको नियमित कप्तान मार्की खेलाडी कुशल मल्ल भए पनि तेस्रो सिजनको सुरुवाती दुई खेलमा इंग्लयान्डका भेट्रान अलराउण्डर रवि बोपाराले कप्तानी गरेका थिए ।

तर तेस्रो खेलअघि टसका क्रममा चितवनको कप्तानको रुपमा सिकन्दर राजा क्रिजमा पुगे । बोपारा पहिलो रोजाईँमा रहे पनि चितवनको कप्तानी राजाले गरेका हुन् । एनपीएलमा चितवनका लागि डेब्यु खेलमै राजाले कप्तानी गरेका छन्।

आइतबार रातिसम्म राष्ट्रिय टिमका लागि खेलिरहेका राजा सोमबार नै नेपाल आएर चितवनको नेतृत्व गर्दैछन् । यसअघि चितवनले बिहीबार विराटनगरविरुद्ध पहिलो खेल खेल्दा पनि पाकिस्तान खेलाडीको एनओसी विवादका कारण डाविड मालानसहित डान मोस्ली र टम टेलरले त्यही दिन बिहान नेपाल आएर दिउँसो खेल खेलेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
काठमाडौं गोर्खाजको लगातार चौथो जित, चितवन १० रनले पराजित

काठमाडौं गोर्खाजको लगातार चौथो जित, चितवन १० रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २०औँ खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमा...

#चितवन #लगातार
Compare →
Ekantipur
4h ago
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#चितवन
Compare →
Arthasansar
5h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#चितवन
Compare →

Related Stories

Technology
Build #2611