Trending
Prev Story
Next Story

बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत उद्धार

Onlinekhabar •
November 02, 2026 • 11:31 AM
1
1 reads 0 reactions

१६ कात्तिक, बाजुर । बाजुराको बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहराको शव सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याएको हो । बडीमालिकामा …

बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत उद्धार

१६ कात्तिक, बाजुर । बाजुराको बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहराको शव सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याएको हो ।

बडीमालिकामा भारी हिमपातपछि गत शुक्रवारदेखि सम्पर्कविहीन भएका बोहरा आइतबार दिउँसो त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख (डीएसपी) शैलेश्वरी बोहराकाअनुसार मृतक बोहराको शव उद्धार गरी पोष्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । बडीमालिका माताको दर्शनसँगै घुम्न गएका बोहरा सम्पर्कविहीन भएपछि आइतबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी कार्यका लागि खटिएको थियो ।

चार हजार दुई सय मिटर उचाइमा अवस्थित बडीमालिकामा हिमपातपछि अत्याधिक चिसाको कारण लेक लागेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । उद्धारका लागि हेलिकप्टर मार्फत २ जना नेपाल प्रहरी र २ जना सशस्त्र प्रहरीलाइ त्रिवेणी छोडेको थियो । उनिहरुले आइतवार शब फेला पारेका थिए । हेलिकप्टर आउन ढिलाइले सोमबार मात्र उद्धार भएको थियो ।

यस्तै, यसअघि हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बस्ने २१ वर्षका सागर कार्कीको शनिवार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5h ago
जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र...

#युवक
Compare →
Nagarik News
13h ago
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#उद्धार
Compare →

Related Stories

World News
Build #2611