Trending
Prev Story
Next Story

भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल भ्रमणमा आउँदै

Onlinekhabar •
November 02, 2026 • 11:31 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउने भएका छन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो । परराष्ट्र …

भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल भ्रमणमा आउँदै

१६ कात्तिक, काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउने भएका छन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ।

दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुने बताइएको छ।

भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ।

भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव मिश्री बिहीबार नयाँदिल्ली फर्किने कार्यक्रम छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

बालेन भारत जाँदा दिल्ली र उत्तराखण्डको प्राथमिकता के–के ? पञ्चेश्वरदेखि ड्राइपोर्ट र पर्यटनसम्मका एजेन्डा

#भ्रमण #भारत
Compare →
Hamro Patro News
1d ago
भारत भ्रमणमा राष्ट्रिय स्वाभिमान र सीमा विवाद उठाउन प्रधानमन्त्रीलाई शेरबहादुर तामाङको आग्रह

भारत भ्रमणमा राष्ट्रिय स्वाभिमान र सीमा विवाद उठाउन प्रधानमन्त्रीलाई शेरबहादुर तामाङको आग्रह

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नगर्न आग्रह गरेका छन्। बिहीबार ...

#भ्रमण #भारत
Compare →

Related Stories

National (Nepal)
Build #2611