Trending
Prev Story
Next Story

जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नाम फिर्ता लिए

Ekantipur •
November 02, 2026 • 11:02 AM
1
1 reads 0 reactions

थापाले नाम फिर्ता लिनेबारे समितिमा निवेदन पत्र पठाएको समिति सदस्य कबिन्द्र बुर्लाकोटीले पनि बताएका छन् ।

जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नाम फिर्ता लिए

थापाले नाम फिर्ता लिनेबारे समितिमा निवेदन पत्र पठाएको समिति सदस्य कबिन्द्र बुर्लाकोटीले पनि बताएका छन् ।

काठमाडौं — जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नाम फिर्ता लिने भएका छन् । सोमबार बसेको संसदीय सुनुवाइ समितिकै बैठकमा सभापति बोधनारायण श्रेष्ठले नाम फिर्ता लिनेबारे समिति बैठकमा जानकारी गराएका हुन् ।

उनकाअनुसार थापाले आफूविरुद्ध उठेको स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सम्बन्धी प्रश्नका कारण राजदूतका लागि दिएको नाम फिर्ता लिने समितिलाई जानकारी दिएका हुन् । सभापति श्रेष्ठले थापाको व्यक्तिगत तथा व्यावसायिक प्रोफाइल राम्रो भए पनि स्वार्थको द्वन्द्वको विषय उठेकाले उक्त निर्णय लिनुपरेको बताए । थापाले आफूलाई कानूनी रूपमा राजदूत बन्न रोकावट नहुने भए पनि व्यक्तिगत विषय जोडिएकाले नाम फिर्ता लिने निर्णय गरेको बताएको सभापति श्रेष्ठले समितिलाई जानकारी दिए । थापाको परिवार हाल जापानको स्थायी बासिन्दा रहेकोले समिति सदस्यहरुले प्रश्न उठाएका थिए ।

थापाले नाम फिर्ता लिनेबारे समितिमा निवेदन पत्र पठाएको समिति सदस्य कबिन्द्र बुर्लाकोटीले पनि बताएका छन् ।

यसअघि था पालाई राजदूत बनाएर नपठाउने समझदारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पा र्टीको शीर्ष तहमा भएको थियो । सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीचको भेटमा जापानका लागि प्रस्तावित राजदूत थापाको सम्बन्धमा छलफल भएको निकट स्रोतले जानकारी दिएका छन् । उक्त छलफलमा थापालाई अन्य देशको राजदूत बनाएर पठाउने तर जापानमा नपठाउने समझदारी बनेको हो ।

प्रस्तावित राजदूत थापाको परिवार जापानको स्थायी आवासीय अनुमतिपत्र लिएर बसेको, त्यहाँ चल र अचल सम्पत्ति रहेको, ऋणलगायतको कारोबार रहेको, थापाले जापान सरकारको सेवा र सुविधा लिएको, सरकारी निकायमा काम गरेको लगायतका कारणले स्वार्थको द्वन्द्व हुने निष्कर्षमा रास्वपा र सरकारको नेतृत्व पुगेको हो ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
13h ago
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० …

#नाम #राजदूत #प्रस्तावित
Compare →
Hamro Patro News
1d ago
मुख्यमन्त्री थापाद्वारा घ्याम्पेडाँडा–रानीकोटगढी सडकको निरीक्षण

मुख्यमन्त्री थापाद्वारा घ्याम्पेडाँडा–रानीकोटगढी सडकको निरीक्षण

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको घ्याम्पेडाँडा हुँदै रानीकोटगढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडकमा हिजो परेको वर्षाका कारण ...

#थापा
Compare →
Nagarik News
1d ago
मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।

#थापा
Compare →

Related Stories

Education & Youth
Build #2612