Trending
Prev Story
Next Story

मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन

Nagarik News •
November 02, 2026 • 08:42 AM
1
1 reads 0 reactions

‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएका थिए ।

मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन

भारतको निर्वाचन नामावलीबाट करिब १३ करोड मतदाताको नाम हटाइएको भन्दै निर्वाचन आयोगविरुद्ध नयाँदिल्लीमा प्रदर्शन भएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी) को आह्वानमा आइतबार भएको प्रदर्शनमा निर्वाचन प्रमुखको राजीनामा माग गरिएको छ ।

‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएका थिए । प्रदर्शनकारीले मस्यौदा मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।

कांग्रेसका नेता गुरमीत सपलले एक जना पनि मतदाताको नाम हट्न नदिनु निर्वाचन आयोगको जिम्मेवारी भएको बताए । मतदानको अधिकार गुमेपछि सरकारलाई जवाफदेही बनाउन कठिन हुने उनको भनाइ थियो ।

प्रदर्शनमा राजनीतिक दलसँग आबद्ध नभएका सर्वसाधारण पनि सहभागी भएका थिए। प्रदर्शनमा सहभागी अनन्त नामका एक व्यक्तिले यो कुनै राजनीतिक दलको विषय नभई लोकतन्त्रको रक्षासँग जोडिएको मुद्दा भएको बताए । नागरिकले अहिले आवाज नउठाए लोकतन्त्र जोखिममा पर्ने उनको भनाइ थियो ।

त्यस्तै, अर्का प्रदर्शनकारी भारतले मताधिकार गुम्नु अधिनायकवादतर्फ जाने बाटो हुन सक्ने भन्दै यसलाई लोकतन्त्रका लागि गम्भीर चुनौतीका रूपमा व्याख्या गरे । निर्वाचन नामावलीबाट मतदाताको नाम हटाइएको विषयलाई लिएर विपक्षी दल र सर्वसाधारणले आयोगसँग जवाफ मागिरहेका छन् । प्रदर्शनकारीले निर्वाचन प्रक्रियाको पारदर्शिता र मतदाताको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित: १६ कार्तिक २०८३ १४:२७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को-को गए ? कसको प्रदर्शन कस्तो ?

एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को-को गए ? कसको प्रदर्शन कस्तो ?

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको प्लेअफ पुग्न चर्को प्रतिस्पर्धा भइरहँदा केही विश्व चर्चित विदेशी खेलाडी भने प्रतियोगिताको बीचमै फर्किएका छन् । टिमको प्रदर्शनमा महत्वपूर्ण योगदान गर्दै जितका लागि सहयोग गरेका केही …

#प्रदर्शन
Compare →
Hamro Patro News
1d ago
अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा

अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा

अश्लील नृत्य प्रदर्शन गर्ने दुई जना प्रहरी नियन्त्रणमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावारबाट रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की...

#प्रदर्शन
Compare →
Ekantipur
7h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#प्रदर्शन
Compare →

Related Stories

Politics & Governance
Build #2611