Trending
Prev Story
Next Story

टाटा गुरुको सीपमा सिप्रदीको लगानी, १४ स्थानमा ‘BS-6’ प्राविधिक तालिम सुरु

Bizshala •
November 02, 2026 • 09:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ ।  नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता...

टाटा गुरुको सीपमा सिप्रदीको लगानी, १४ स्थानमा ‘BS-6’ प्राविधिक तालिम सुरु

काठमाण्डौ ।  नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्तिका लागि ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ।

कात्तिक १५ गतेदेखि सुरु भएको ६ दिने प्रशिक्षण कार्यक्रम कात्तिक २० गतेसम्म देशका विभिन्न १४ स्थानमा सञ्चालन हुनेछ। कार्यक्रम हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा/टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ/घोराही र वीरगञ्जमा आयोजना हुँदैछ।

तालिममा टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक र इलेक्ट्रिसियन ‘टाटा गुरु’लाई आधुनिक सवारी प्रविधि तथा BS-6 अर्थात् भारत स्टेज–६ प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ।

प्रशिक्षणमा विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ सिस्टमबारे प्रशिक्षण दिइने जनाइएको छ।

त्यस्तै BS-6 इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ईसीयू र एक्टुएटरको कार्यप्रणाली तथा उत्सर्जन नियन्त्रण प्रणालीअन्तर्गत SCR र LNT सिस्टमका विभिन्न कम्पोनेन्टको पहिचान र कार्यप्रणालीबारे जानकारी गराइनेछ।

सिस्टमको सर्किट विश्लेषण, रिजेनेरेसन प्रक्रिया तथा डायग्नोस्टिक टुल्सको प्रयोगमार्फत प्राविधिक समस्या पहिचान र समाधान गर्ने विषयसमेत तालिममा समेटिएको छ।

आयोजकका अनुसार कार्यक्रमले टाटा कमर्सियल गाडीको सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिलाई आधुनिक सवारी प्रविधिसँग परिचित गराउँदै समस्या समाधान क्षमता र व्यावसायिक दक्षता बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले प्राविधिक जनशक्तिको क्षमता विकास तथा गुणस्तरीय सर्भिसिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका हुन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यसपालि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो ।

#स्थान
Compare →
Hamro Patro News
2d ago
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा

काठमाडौँ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भाइटीकाको दिन वर्षा भएको छ । बुधबार दिउँसो असिनासहितको वर्षा भएको हो । काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोटका विभिन्न स्थानमा असिनासहित वर्षा भए...

#स्थान
Compare →
Onlinekhabar
16h ago
मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

२७ कात्तिक, काठमाडौं । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ …

#स्थान
Compare →
Nagarik News
9h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

#गुरु #स्थान
Compare →

Related Stories

Business & Economy
Build #2611