Trending
Prev Story
Next Story

युनिलिभरसहित ३ कम्पनीको लाभांश घोषणा, कसको कति?

Ekantipur •
November 02, 2026 • 09:02 AM
1
1 reads 0 reactions

युनिलिभर नेपालले प्रतिकित्ता १,५४० रुपैयाँ, आरएसडिसीले ९.४० प्रतिशत र मकरले बोनस तथा नगद लाभांश प्रस्ताव गरेका छन्।

युनिलिभरसहित ३ कम्पनीको लाभांश घोषणा, कसको कति?

युनिलिभर नेपालले प्रतिकित्ता १,५४० रुपैयाँ, आरएसडिसीले ९.४० प्रतिशत र मकरले बोनस तथा नगद लाभांश प्रस्ताव गरेका छन्।

काठमाडौँ — बजारमा सूचीकृत ३ कम्पनीले लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषणा गर्नेमा युनिलिभर नेपाल, आरएसडिसी लघुवित्त र मकर जितुमाया सुरी हाइड्रोपावर रहेका छन् ।

युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने निर्णय गरेको हो । मंसिर ८ गतेसम्म यसको सेयर हुनेले यो लाभांश प्राप्त गर्नेछन् ।

किनभने युनिलिभरले मंसिर ९ देखि २३ गतेसम्म बुक क्लोजको मिति घोषणा गरेको छ । हाल  यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष यसले प्रतिकित्ता १८४२ रूपैयाँ लाभांश दिएको थियो ।

त्यस्तै, आरएसडिसी लघुवित्तले पनि ९.४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ । यसअघि यसले ८ प्रतिशत नगद लाभांश दिएको थियो ।

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले पनि १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । विधुत नियमन आयोगबाट यो प्रस्ताव स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ । यसअघि पनि मकरले २०८० वैशाख बाट सेयर कारोबारमा आएको मकरले पहिलो पटक लाभांश प्रस्ताव गरेको हो ।

गत चैतमा मकरको संस्थापक लगायतका सेयरको लकिङ अवधि सकिएको छ। चैतयता मकरका स्थानीय बासिन्दा, संस्थापकले सेयर बिक्री गर्न पाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1d ago
लाभांश सिजन : ७३ कम्पनीले घोषणा गरे प्रतिफल, कुन क्षेत्रका कम्पनीका लगानीकर्ताले कति पाउँछन लाभ ?

लाभांश सिजन : ७३ कम्पनीले घोषणा गरे प्रतिफल, कुन क्षेत्रका कम्पनीका लगानीकर्ताले कति पाउँछन लाभ ?

यो लाभांश घोषणा गर्ने, वितरण गर्ने सिजन हो । दशैँ अघि नै केही कम्पनीले लाभांश घोषणा गरि पारित गरेर आफ्ना...

#लाभांश #घोषणा #कति
Compare →
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#लाभांश #कम्पनीको #कसको
Compare →
Hamro Patro News
10h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ । कार्तिक २७, २०८३ कान्तिपुर संंवाददाता काठमाडौँ ...

#लाभांश #घोषणा
Compare →
Onlinekhabar
14h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश #घोषणा
Compare →
Nagarik News
3d ago
भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

#घोषणा
Compare →

Related Stories

World News
Build #2611