Trending
Prev Story
Next Story

विश्वकप छनोट प्ले अफ नेपालमा हुने

Ekantipur •
October 22, 2026 • 09:05 AM
2
2 reads 0 reactions

क्वालिफायर प्ले-अफमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चार स्थान हासिल गर्ने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा संयुक्त रूपमा आयोजना हुने ५० ओभरको ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर’ प्रतियोगिताका लागि छनोट हुनेछन्।

विश्वकप छनोट प्ले अफ नेपालमा हुने

क्वालिफायर प्ले-अफमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चार स्थान हासिल गर्ने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा संयुक्त रूपमा आयोजना हुने ५० ओभरको ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर’ प्रतियोगिताका लागि छनोट हुनेछन्।

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ’ प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने औपचारिक घोषणा गरेको छ।

५० ओभरको विश्वकप छनोट यात्राका लागि महत्त्वपूर्ण मानिएको यस प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा अन्तिम स्थानमा रहने चार टोलीका साथै आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली सहभागी हुनेछन्।

क्वालिफायर प्ले-अफमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चार स्थान हासिल गर्ने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा संयुक्त रूपमा आयोजना हुने ५० ओभरको ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर’ प्रतियोगिताका लागि छनोट हुनेछन्।

प्रतियोगितामा लिग–२ बाट नेपाल, यूएई, नामिबिया र क्यानडाले सहभागिता जनाउनेछन्। त्यस्तै, आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘बी’ बाट शीर्ष दुई स्थान हासिल गरेका इटाली र युगान्डाले पनि प्रतिस्पर्धा गर्नेछन्। च्यालेन्ज लिग ‘ए’ बाट सहभागी हुने दुई टोलीको टुंगो लाग्न भने बाँकी छ।

यसैबीच, काठमाडौंमा अन्तर्राष्ट्रिय क्वालिफायर प्ले-अफ आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच तय भएको क्रिकेट शृङ्खलाको खेलतालिका हेरफेर हुने भएको छ।

यसअघि नेपाल र भारत ‘ए’ बीच आगामी डिसेम्बर ९, ११ र १३ मा तीन खेल खेल्ने तालिका तय गरिएको थियो। तर, सोही समयमा विश्वकप क्वालिफायर प्ले-अफ आयोजना हुने भएपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र नेपाल क्रिकेट संघ (क्यान) बीचको आपसी समन्वय र सहमतिमा नयाँ तालिका तय गरी चाँडै सार्वजनिक गरिने क्यानले जनाएको छ।

अभय बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

२७ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ। पहिलोपटक प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगिता शुक्...

#क्रिकेट #छनोट
Compare →
Onlinekhabar
16h ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#छनोट
Compare →
Nagarik News
20h ago
यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ।

#विश्वकप
Compare →

Related Stories

National (Nepal)
Build #2612