Trending
Prev Story
Next Story

इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब

Onlinekhabar •
November 02, 2026 • 08:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको एक प्रतिवेदनले जनाएको छ । समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता …

इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब

१६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको एक प्रतिवेदनले जनाएको छ ।

समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे टेलिफोनमा छलफल भएको थियो । ट्रम्पले भने आइतबार फोन वार्ता ‘धेरै राम्रो’ भएको बताए।

नेतान्याहु सैन्य कारबाहीका पक्षमा रहनुभएको र ट्रम्प तत्काल वार्ता जारी राख्न चाहनुभएको प्रतिवेदनमा उल्लेख छ । ट्रम्पले कूटनीतिक प्रयाससँगै सैन्य विकल्प पनि खुला राख्नुभएको जनाइएको छ ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाएका छन् । कतारी मध्यस्थकर्ताले पनि लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले भने वार्तामा सहमति भइनसकेको बताउँदै कूटनीतिक समाधानका लागि प्रयास भइरहेको जनाएका छन्। उनले अमेरिकाले कूटनीतिक मार्ग रोज्ने अपेक्षा व्यक्त गरेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
17h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #अमेरिकी #इरानमाथि
Compare →
Hamro Patro News
1h ago
एनभिडिया प्रकरणमा ट्रम्पका वाणिज्यमन्त्री लटनिकमाथि दबाब बढ्दै

एनभिडिया प्रकरणमा ट्रम्पका वाणिज्यमन्त्री लटनिकमाथि दबाब बढ्दै

काठ्माण्डौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा एनभिडिया प्रकरणलाई लिएर विवाद चर्किँदै जाँदा वाणिज्यमन्त्री हावर्ड लटनिकमाथि दबाब बढेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उच्च क्षम...

#ट्रम्प #अमेरिकी #दबाब
Compare →
Nagarik News
21h ago
खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतारसहितका खाडी राष्ट्रहरूले इरानमाथि थप ठूला सैन्य आक्रमण नगर्न आग्रह गरेको बताएका छन्।

#ट्रम्प #इरानमाथि
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #अमेरिकी
Compare →

Related Stories

Politics & Governance
Build #2612