Trending
Prev Story
Next Story

सरकारप्रति कांग्रेस असन्तुष्ट

Nagarik News •
November 02, 2026 • 05:29 AM
1
1 reads 0 reactions

सरकारको कार्यशैलीप्रति प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ।

सरकारप्रति कांग्रेस असन्तुष्ट

सरकारको कार्यशैलीप्रति प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारको मूल्यमा सुशासन कायम हुन नसक्ने बताएका छन्।

कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै उनले पछिल्लो समय सरकारले गरेका केही निर्णय र देशमा भएका घटनाले गम्भीर प्रश्न जन्माएको बताए।

सभापति थापाले सरकारलाई जवाफदेही बनाउन र लोकतान्त्रिक मूल्य तथा मान्यताको संरक्षण गर्न कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारे। ‘सरकारले गरेका पछिल्ला निर्णय र देशमा घटेका घटनाले गम्भीर प्रश्न जन्माएका छन्।

लोकतन्त्र, नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रताको विषयमा सरकारले सीमा नाघ्छ भने कांग्रेस चुप लागेर बस्दैन,’ उनले भने, ‘हामी सरकारलाई जवाफदेही बनाउन र लोकतान्त्रिक मूल्य तथा मान्यताको संरक्षणका लागि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं।’

सभापति थापाले सरकारले सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरेको घटनालाई गम्भीर रूपमा लिएको बताए। उक्त घटनाले शाही शासनकालमा सञ्चारगृहमा सुरक्षाकर्मी प्रवेश गराइएको घटनाको स्मरण गराएको उनको भनाइ थियो।

पत्रकार पक्राउ प्रकरणमा प्रहरीको फरकफरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट आएका धारणाले थप प्रश्न जन्माएको उल्लेख गर्दै उनले घटनालाई सामान्य रूपमा लिएर टुंग्याउन नहुने बताए। यस प्रकरणमा कसको आदेशमा पक्राउ गरिएको हो, कानुनको प्रयोग कसरी भयो र त्यसका लागि जिम्मेवार को हो भन्ने विषयमा निष्पक्ष छानबिन गरी परिणाम देखाउनुपर्ने उनको माग छ। ‘हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,’ उनले भने, ‘किन भयो, कसले ग¥यो, कानुनको कसरी प्रयोग भयो र दोषी को हो भन्ने कुराको जवाफसहित परिणाम चाहिन्छ।’

सभापति थापाले सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्ने भन्दै सरकारमा रहेका व्यक्तिको इच्छालाई नै कानुन ठान्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक हुने बताए। राज्यका निकायलाई निजी आदेश पालना गर्ने संस्थाका रूपमा बुझ्ने प्रवृत्तिले शक्तिको स्वेच्छाचारी प्रयोगलाई प्रश्रय दिने उनको टिप्पणी थियो। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका गलत कामप्रति असहमति जनाउनु सकारात्मक भए पनि सरकारका राम्रा कामको जस लिने र गलत कामको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति स्वीकार्य नहुने बताए। सरकारको नेतृत्व गर्ने दलले आफ्ना सरकारका कामको राजनीतिक जिम्मेवारी पनि लिनुपर्ने उनको भनाइ थियो।

‘सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्छ, सरकारमा बसेका व्यक्तिको इच्छा नै कानुन हो भन्ने सोच लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन। राज्यका निकाय कसैका निजी आदेश पालना गर्ने संस्था होइनन्,’ सभापति थापाले भने, ‘अर्को कुरा, सरकारले गरेका राम्रा कामको जस लिने तर गलत कामको जिम्मेवारीबाट पन्छिने छुट कुनै पनि दललाई हुँदैन। सरकारको नेतृत्व गर्ने दलले सरकारका कामको राजनीतिक जिम्मेवारी लिनुपर्छ।’

यसैगरी सरकारी कर्मचारीलाई प्रहरी लगाएर कार्यस्थलबाटै पक्राउ गरी प्रधानमन्त्री कार्यालयमा पु¥याइएको विषयमा पनि उनले प्रश्न उठाए। कर्मचारीले गल्ती गरे कानुनअनुसार सम्बन्धित निकायबाट अनुसन्धान र कारबाही हुनुपर्ने उल्लेख गर्दै उनले राज्यका स्थापित संस्थागत प्रक्रियालाई मिचेर काम गर्नु उचित नभएको बताए।

यसैबिच कांग्रेसले सोमबार संसदीय दलको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो।

प्रकाशित: १६ कार्तिक २०८३ ११:१४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। कांग्रेसको अवरोधपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक सहमति जुट्न नसक...

#कांग्रेस #प्रतिपक्षी
Compare →
Onlinekhabar
4d ago
कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै …

#कांग्रेस
Compare →
Ekantipur
13h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611