काठमाडौं । इलाममा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। इलामको नारायणस्थान मन्दिर परिसरमा विभिन्न माग राखि बिहीबार साँझदेखि अनसन थालेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि यसअघि नै इलाम अस्पतालमा भर्ना गरिएको थियो। तर स्वास्थ्य अवस्था लगातार बिग्रिँदै गएपछि आज सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौँ ल्याइएको उनका सहयोगी पवन थापाले जानकारी दिएका छन्। उनको अब त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा विशेष उपचार हुनेछ।
चिकित्सकहरूका अनुसार टाइप २ मधुमेहका बिरामी रहेका डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। शरीरमा देखिएको जटिलता र सुगर लेभल अत्यधिक तल झरेपछि उनलाई तत्काल थप र विशेष उपचारको आवश्यकता महसुस गरी काठमाडौँ रिफर गरिएको हो।
Read full story at source ( nepalviews.com )