Trending
Prev Story
Next Story

मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ कात्तिक, काठमाडौं । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा मनाइएको छ । तत्कालीन राजदरबारका रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल र युद्धकवजलगायत …

मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा

५ कात्तिक, काठमाडौं । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा मनाइएको छ ।

तत्कालीन राजदरबारका रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल र युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने सामग्री निकालेर युद्धकला प्रदर्शन गर्दै जात्रा मनाइएको हो।

दरबारसँग सम्बन्धित विभिन्न समुदायको सहभागिता रहने जात्रामा गुठीयारले जामा लगाएर हातमा खड्ग, ढाल र तरबार बोकी नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गर्छन्।

तत्कालीन दरबारबाट निकालिने यो जात्रा थहनेया टोल (माथिल्लो टोल) अन्तर्गत इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल) अन्तर्गत दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गर्ने परम्परा छ।

जात्राका क्रममा दसैँको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि, कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डसमेत समावेश गरी नगर परिक्रमा गराइन्छ।

जात्राका अवसरमा बालकुमारीमा कुभिन्डो काटेर बलि दिने परम्परा छ। बलि दिइएको कुभिन्डोलाई प्रसादका रूपमा ग्रहण गरे रोगबाट बच्न सकिने जनविश्वास छ। जात्रा अवलोकन गर्न स्थानीयवासीको ठूलो भीड लाग्ने गर्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
11h ago
जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर

जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर

भव्य दृश्य संयोजन, उच्चस्तरको दृश्य प्रभाव (भीएफएक्स) र सशक्त एक्सनका कारण प्रशंसा पाइरहेको उक्त दृश्य तयार गर्न निर्देशक नितेश तिवारीको टोलीलाई साढे ६ वर्ष लागेको खुलासा भएको छ।

#युद्ध
Compare →
Bizshala
14h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युद्ध
Compare →
Hamro Patro News
14h ago
इरान युद्धबाट ध्यान मोड्न ट्रम्पको अर्को फण्डा

इरान युद्धबाट ध्यान मोड्न ट्रम्पको अर्को फण्डा

काठमाडौं - मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रक्षात्मक बनेका छन् । उनले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अप...

#युद्ध
Compare →
Arthasansar
2d ago
मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्वमा चर्किएको युद्ध र विश्वव्यापी ऊर्जा संकटको प्रभाव म्यानमारको गृहयुद्धमा समेत देखिन थालेको छ । इरानमाथि अमेरिका र इजरायलको युद्धका...

#युद्ध
Compare →
Ekantipur
4d ago
एपेक सम्मेलनमा पुटिन र सीसँग त्रिपक्षीय वार्ता वार्ता गर्ने ट्रम्पको योजना, इरान युद्धबारे छलफलको अपेक्षा

एपेक सम्मेलनमा पुटिन र सीसँग त्रिपक्षीय वार्ता वार्ता गर्ने ट्रम्पको योजना, इरान युद्धबारे छलफलको अपेक्षा

भेटमा इरानसँगको युद्ध अन्त्य, निशस्त्रीकरण तथा हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा छलफल हुने ट्रम्पले बताएका छन्

#युद्ध
Compare →

Related Stories

World News
Build #2612