Trending
Prev Story
Next Story

टिमलाई जिताउन पाएकोमा खुसी छु : जनकपुरका तृतराज

Ekantipur •
November 02, 2026 • 04:31 AM
1
1 reads 0 reactions

पहिले ब्याटिङ गरेको जनकपुरले तृतराज दासको अर्धशतकको मदतले सात विकेटमा १ सय ४७ रन बनाएको थियो र टिम ९ रनले विजयी रह्यो ।

टिमलाई जिताउन पाएकोमा खुसी छु : जनकपुरका तृतराज

पहिले ब्याटिङ गरेको जनकपुरले तृतराज दासको अर्धशतकको मदतले सात विकेटमा १ सय ४७ रन बनाएको थियो र टिम ९ रनले विजयी रह्यो ।

काठमाडौँ — जनकपुर बोल्ट्सका तृतराज दासले आफ्नो निर्णायक प्रदर्शनका कारण आइतबार आफ्नो जित जितेको खुसी व्यक्त गरेका छन् ।

पहिले ब्याटिङ गरेको जनकपुरले तृतराज दासको अर्धशतकको मदतले सात विकेटमा १ सय ४७ रन बनाएको थियो र टिम ९ रनले विजयी रह्यो ।

उनले ५५ बलमा ६१ रन बनाए र उनी नै खेलमा ‘प्लेयर अफ द म्याच’ भए । ‘कमजोर बलमा रन बनाउने योजना थियो र त्यस्तै गरें,’ तृतराजले भने, ‘यो पिचमा रन बनाउन सजिलो भने छैन् ।’

जनकपुरका कप्तान हरमित सिंहले जित सहज नरहेको बताए । उनको प्रतिक्रिया थियो, ‘हाम्रो बलिङ राम्रो रह्यो, त्यसैले यो खेल जित्न सफल रह्यौं ।’

जनकपुरको दोस्रो जित हो भने पोखराको भने लगातार दोस्रो हार रह्यो । जितका लागि १ सय ४८ रन पछ्याएको पोखराले २० ओभरमा नौ विकेट गुमाएर १ सय ३८ रन बनायो ।

त्यसमा कप्तान कुशल भुर्तेलले २४ बलमा ३५ रन बनाए । यस्तै विपिन आचार्यले २० र विपिन खत्रीले १७ रन थपे ।

पोखराका कप्तान कुशल भुर्तेलले भने, ‘अझै हाम्रो पाँच खेल बाँकी छ र त्यसमा राम्रो गर्नु पर्नेछ ।’ उनले अबका खेलमा टिमको प्रदर्शन राम्रो हुने विश्वास पोखे । ‘पावर प्लेमा चुक्यौं,’ पोखराका विपिन खत्रीले भने, ‘पिच गाह्रो भएको हुनाले सजिलो रहेन । साझेदारी राम्रो हुन सकेन् । नयाँ ब्याटरलाई एकै पल्ट पिचमा गएर खेल्न गाह्रो रहेको छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
लो-स्कोरिङ खेलमा सुदुरपश्चिमले जनकपुरलाई हरायो

लो-स्कोरिङ खेलमा सुदुरपश्चिमले जनकपुरलाई हरायो

काठमान्डौं- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो छैटौं खेलमा सुदुरपश्चिम रोयल्सले लो स्कोरिङ खेलमा जनकपुर बोल्ट्सलाई २७ रनको सहज जित हासिल गरेको छ।

#जनकपुर
Compare →
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#जनकपुर
Compare →
Onlinekhabar
8h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#जनकपुर
Compare →
Nagarik News
8h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#जनकपुर
Compare →

Related Stories

Sports
Build #2612