Trending
Prev Story
Next Story

रूस र युक्रेनमा इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण

Onlinekhabar •
November 02, 2026 • 04:31 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । रूस र युक्रेनले आफ्ना इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण भएको दाबी गरेका छन्। ह्याकर्सले दुवै देशका नागरिकलाई फर्जी अलर्ट पठाएका छन्। यसले केही समयका लागि मानिसहरूमा त्रासको स्थिति पैदा गरेको छ। यी …

रूस र युक्रेनमा इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण

१६ कात्तिक, काठमाडौं । रूस र युक्रेनले आफ्ना इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण भएको दाबी गरेका छन्।

ह्याकर्सले दुवै देशका नागरिकलाई फर्जी अलर्ट पठाएका छन्। यसले केही समयका लागि मानिसहरूमा त्रासको स्थिति पैदा गरेको छ। यी सन्देशहरूमा रेडिएसनको खतरा र परमाणु आक्रमण जस्ता चेतावनीहरू दिएका थिए। रूसको आपतकालीन मन्त्रालयले उसका अलर्ट एपमा ठूलो परिमाणमा साइबर आक्रमण भएको बताएको छ।

मन्त्रालयका अनुसार यो आक्रमणको माध्यमबाट ह्याकरले गलत सूचनाहरू पठाउन सक्थे। तर मन्त्रालयले देशको सार्वजनिक अलर्ट सिस्टम नर्मल तरिकाले काम गरिरहेको स्पष्ट गरेको छ। युक्रेनको एयर रेड वार्निंग एपबाट पनि कथित साइबर आक्रमण पछि फर्जी चेतावनीहरू पठाउने गरेको कुरा बाहिर आएको छ।

युक्रेनको सेन्टर फर स्ट्रटेजिक कम्युनिकेशन्सले यो साइबर आक्रमणका लागि रूसलाई जिम्मेवार ठहराएको छ। यो संगठनले सोशल मीडिया प्लेटफर्म एक्समा एक पोस्ट साझा गर्दै युक्रेनको एयर रेड एपमा देखिने केही अलर्टका तस्बिरहरू पनि जारी गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5h ago
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

काठमाडौं– जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही ...

#आक्रमण #साइबर #युक्रेन
Compare →
Nagarik News
3d ago
फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद काभेह’ नामक साइबर समूह संलग्न रहेको फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकायले निष्कर्ष निकालेको हो।

#आक्रमण #साइबर
Compare →
Ekantipur
3d ago
सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

आक्रमणकारीहरूले साइबर आकरमणमार्फत रेफ्रिजरेटरको तापक्रम अत्यधिक बढाउँदा कम्तीमा १५ ठाउँमा आगलागी भएको थियो भने करोडौँ युरो बराबरको मासु, आइसक्रिम र खाद्यसामग्री नष्ट भएका थिए

#आक्रमण #साइबर
Compare →
Arthasansar
4d ago
शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम

आगामी साता अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबिच नयाँ चरणको शान्तिवार्ताको तयारी भइरहेका बेला रुसी आक्रमण झन् तीव्र बनेको छ ।...

#आक्रमण #युक्रेन
Compare →
Bizshala
10h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युक्रेन
Compare →

Related Stories

World News
Build #2611