Trending
Prev Story
Next Story

महावीर पुनको प्रश्न : इनम सापकोटाले ‘धूर्त विद्या’ कहाँ र कसबाट सिकेका हुन् ?

Nagarik News •
November 02, 2026 • 01:55 AM
1
1 reads 0 reactions

पुनले भगवानले सापकोटालाई सुन्दर अनुहार र जीउडाल दिए पनि ठग बुद्धि किन दिएको होला भन्दै व्यंग्य गरेका छन्।

महावीर पुनको प्रश्न : इनम सापकोटाले ‘धूर्त विद्या’ कहाँ र कसबाट सिकेका हुन् ?

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले इनम सापकोटाको शैक्षिक पृष्ठभूमि र उनको कार्यशैलीबारे टिप्पणी गरेका छन्।

पुनले भगवानले सापकोटालाई सुन्दर अनुहार र जीउडाल दिए पनि ठग बुद्धि किन दिएको होला भन्दै व्यंग्य गरेका छन्। उनले सापकोटाले कहाँ र कति पढेका छन् तथा ‘धूर्त विद्या’ कहाँ सिकेका हुन् भन्ने विषयमा इन्टरनेटमा खोजी गरेको बताएका छन्।

पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भगवानले इनम सापकोटालाई यति राम्रो सुन्दर अनुहार र जीउ ढाल बनाएर किन ठग बुद्धि दिए होलान्? मलाई निकै खुलदुली लागेर इनमले कहाँ कहाँ र कति कति पढेका रहेछन् र धुर्त विद्या कहाँ सिकेका रहेछन् भनेर इन्टरनेटमा खोजेको थिएँ। विदेशतिर पढेको केही प्रमाण भेटिएन।’

उनले सापकोटालाई ठगी गर्ने बुद्धि सिकाउने गुरु कोही छन् वा उनले आफैँ यस्तो बुद्धि सिकेका हुन् भन्ने विषयमा विज्ञहरूले अनुसन्धान गर्नुपर्ने भनाइ राखेका छन्।

पुनले लेखेका छन्, ‘बरु उनलाई ठग बुद्धि सिकाउने गुरु कोही छन् वा ठग बुद्धि उनी आफैँले सिकेका हुन् भनेर विज्ञहरूले अनुसन्धान गर्नुपर्ने देखियो।’

प्रकाशित: १६ कार्तिक २०८३ ०७:४० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
‘१८ करोड दिएर पार्टी किनिदिएको हो र ?’ इनम सापकोटाको अडियोबारे देउवाको प्रतिक्रिया

‘१८ करोड दिएर पार्टी किनिदिएको हो र ?’ इनम सापकोटाको अडियोबारे देउवाको प्रतिक्रिया

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा सार्वजनिक भएको दाबीप्रति प्रतिक्रिया जनाएका छन्। उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवा...

#सापकोटा #इनम
Compare →
Onlinekhabar
4d ago
स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

२३ कात्तिक, काठमाडौं । भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, …

#पुन
Compare →
Ekantipur
1d ago
ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

सीले सबल तथा समृद्ध चीनका लागि देशभक्ति प्रवद्र्धन गर्न चिनियाँ जनतालाई आग्रह गरे

#पुन
Compare →

Related Stories

Politics & Governance
Build #2611