Trending
Prev Story
Next Story

विचार | त्रिपक्षीय संयन्त्र : विस्तृत प्रस्तावसहित कूटनीतिक पहल गर

Ekantipur •
November 02, 2026 • 02:01 AM
1
1 reads 0 reactions

चीन र भारतले असहमति नजनाए पनि नेपालले ढिलाइ गरे हिमालय निगरानी र विपद् न्यूनीकरणको महत्वपूर्ण अवसर गुम्न सक्छ।

विचार | त्रिपक्षीय संयन्त्र : विस्तृत प्रस्तावसहित कूटनीतिक पहल गर

चीन र भारतले असहमति नजनाए पनि नेपालले ढिलाइ गरे हिमालय निगरानी र विपद् न्यूनीकरणको महत्वपूर्ण अवसर गुम्न सक्छ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा कतिपय विषयलाई प्राथमिकताका साथ उठाउने तर त्यसलाई सार्थक निष्कर्षमा पुर्‍याउन पहलकदमी नगर्ने हाम्रो शासकीय प्रवृत्ति छ । जस्तो कि, १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपाल, भारत र चीनसहितको ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्ने प्रस्ताव गरेका थिए । तैपनि अहिलेसम्म दुवै छिमेकीलाई औपचारिक प्रस्ताव पठाइएको छैन ।

नेपालको आफ्नै प्रस्तावमा समेत कूटनीतिक रूपमा ठोस प्रगति हुन नसक्नु दुःखद स्थिति हो । यस्ता विषयमा प्रशस्त गृहकार्य र सम्भावित परिणामको आकलन गरेर प्रस्ताव गर्नुपर्ने हो, तर प्रधानमन्त्रीले महासभामा बोल्नुअघि त्यसो गरिएको देखिएन । यद्यपि, प्रधानमन्त्रीको प्रस्ताव उचित र सान्दर्भिक भएकामा शंका छैन । त्यसलाई निष्कर्षमा पुर्‍याउन र नेपालले चाहे जस्तो परिणाम प्राप्त गर्न भने निरन्तर पहल गरिन आवश्यक छ । त्यसका लागि नेपालले आन्तरिक र कूटनीतिक तयारीलाई तीव्रता दिनुपर्छ ।

हिमालमा जुनसुकै बेला दुर्घटना हुन सक्ने भएकाले त्यहाँ भइरहेको हलचललाई सूक्ष्म निगरानी गर्ने प्रभावकारी प्रविधि र सूचना प्रणाली आवश्यक छ । हिमालमा हुने दुर्घटनाले नेपाल, चीन तथा भारत बढी प्रभावित हुन्छन् । १० भदौको बाढीमा परेर १ हजार ५ सय ५० जनाको मृत्यु पुष्टि भएको छ र ५ हजार ५ सयभन्दा बढी बेपत्ता छन् । निजी तथा सार्वजनिक भौतिक सम्पत्तिको विनाश ठूलो छ । सयौं वर्ष व्यतीत गरेर बनेका सहरहरू बगरमा परिणत भएका छन् । राज्यको वर्षौंको लगानीबाट बनेका विकासका पूर्वाधार पनि बगेका छन् । ती ठाउँ पहिले जस्तै होलान् वा नहोलान् भन्नेमा आशंका छ ।

भोटेकोशी नदी प्रणालीका तटीय क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको हिसाबकिताब र पुनर्निर्माणको बहस आफ्नो ठाउँमा छ । तर नेपालको चिन्ता त्यसभन्दा फराकिलो र संवेदनशील छ । जलवायु परिवर्तनका नकारात्मक असर पृथ्वीका सबै कुनामा देखिए पनि हिमाली मुलुकका हामी नागरिक बढी जोखिममा छौं । हिमालका सानातिना हलचलले हाम्रो जीवन जुनसुकै बेला खोस्न सक्ने त्रासमा बाँच्नुपरेको छ । प्रधानमन्त्रीले महासभामा प्रस्ताव गरेको त्रिदेशीय साझेदारीको अर्थ र उद्देश्यको पृष्ठभूमि यही हो ।

हिमालमा जुनसुकै बेला दुर्घटना हुन सक्ने भएकाले त्यहाँ भइरहेको हलचललाई सूक्ष्म निगरानी गर्ने प्रभावकारी प्रविधि र सूचना प्रणाली आवश्यक छ । हिमालमा हुने दुर्घटनाले नेपाल, चीन तथा भारत बढी प्रभावित हुन्छन् । सामान्य अवस्थामा पनि हिन्दुकुश हिमालय दुई अर्ब मानिसको जीविकोपार्जनसँग जोडिएको छ । त्यसैले पनि त्रिदेशीय सहकार्यको प्रस्ताव अत्यन्तै उचित छ ।

छिमेकी मुलुकहरूले प्रविधिमा मारेको फड्कोका कारण पनि यस्तो सहकार्य अपेक्षित हुन्छ । हिमाल र हिमालबाट बगेका नदीको निगरानी गर्ने, तथ्यांक प्राप्त गर्ने, विश्लेषण गर्ने, पूर्वसूचना प्रणालीलाई बलियो बनाउने लगायतका काममा सहकार्य गर्न सकियो भने क्षतिलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । अब हामीले कस्तो संयन्त्रको परिकल्पना गरेका हौं र त्यसको औचित्य, उद्देश्य र अन्य विवरण के–कस्ता हुन् भन्ने सन्दर्भमा विस्तृत प्रस्ताव छिमेकी देशहरूलाई पठाउनुपर्छ । वित्तीय स्रोत, तथ्यांक साझेदारी, वैज्ञानिक अनुगमन र आपत्कालीन समन्वय जस्ता पक्षमा पनि बहस अगाडि बढाउनुपर्छ ।

प्रधानमन्त्रीले महासभामा त्रिदेशीय संयन्त्रलाई ‘पहिलो आकस्मिक कदमका रूपमा’ प्रस्ताव गरेका हुन् । उनले संयन्त्रमार्फत भू–उपग्रहसम्बन्धी तथ्यांक र विशेषज्ञता साझा गर्ने, जोखिमयुक्त हिमतालहरूको अनुगमन गर्ने, संयुक्त पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र विपद् आउँदा सीमापार सहयोगलाई समन्वय गर्ने प्रस्ताव गरेका थिए । यसरी सैद्धान्तिक रूपमा संयन्त्रमार्फत हामीले राखेका उद्देश्य प्रस्ट छन् ।

तर, त्रिदेशीय संयन्त्रका लागि तीनवटै देशको समझदारी आवश्यक हुन्छ । त्यस्तो संयन्त्रले मूलतः नेपाल–चीन सीमा क्षेत्रका हिमालहरूको अध्ययन/निगरानी गर्ने भएकाले संवेदनशील विषय पनि हो । सहकार्यका प्रस्तावलाई कूटनीतिक क्षेत्रमा सामान्यतया अस्वीकार गरिँदैन । तर त्यसलाई परिणाममा परिणत गर्न भने कठिन हुन्छ । खासगरी अन्य सन्दर्भमा पनि सौहार्दपूर्ण सम्बन्ध नरहेका देशहरूलाई एकै ठाउँमा ल्याउनु त झनै चुनौतीपूर्ण छ । त्यसैले भूराजनीतिक संवेदनशीलता र सम्बन्धित देशको स्वार्थलाई पनि ध्यान दिँदै कूटनीतिक संवादद्वारा सकारात्मक वातावरण निर्माण गर्न नेपालले कुशलता देखाउनुपर्छ ।

भोटेकोशीमा आएको बाढीपछि नेपालप्रति विश्वकै ध्यानाकर्षण भएको थियो । नेपालका प्रस्तावलाई गम्भीर र सकारात्मक रूपमा लिने स्थिति बनेको थियो । यही पृष्ठभूमिमा नेपालले त्रिदेशीय संयन्त्रको प्रस्ताव राख्दा चीन र भारतले समेत औपचारिक रूपमा असहमति जनाएका छैनन्, बरु संयन्त्रसम्बन्धी नेपालको विस्तृत र आधिकारिक प्रस्तावलाई पर्खिरहेको जस्तो देखिन्छ । तर हामीले नै ढिलाइ गर्दै जाने हो भने यो विषयप्रतिको चासो कम भएर अन्ततः प्राथमिकताभन्दा बाहिर पर्न सक्छ ।

त्यस्तो स्थितिमा घाटा हामीले नै बेहोर्नुपर्नेछ । त्यसैले यतिबेलाको प्राथमिकता नेपालले आफूले प्रस्ताव गरेको संयन्त्रको अवधारणालाई तत्कालै टुंग्याउनुपर्छ । दुवै पक्षसँग कूटनीतिक संवाद बढाउनुपर्छ । औपचारिक रूपमा मिति नटुंगिए पनि प्रधानमन्त्री वालेन्द्र शाह चाँडै नै भारत भ्रमणमा जाने तयारीमा छन् । त्यसक्रममा पनि उनले यो विषयलाई उठाउन सक्छन् । आफैंले प्रस्ताव गरेको संयन्त्र गठन गर्ने, क्रियाशील बनाउने र परिणाम प्राप्त गर्ने स्थिति निर्माण गर्ने दायित्व स्वयं प्रधानमन्त्री शाहकै हो ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
8h ago
हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा

हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा

बिहीबार चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी हुन्।

#हिमालय #चीन
Compare →
Hamro Patro News
8h ago
हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाउन नेपालले माग्यो चीनको साथ

हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाउन नेपालले माग्यो चीनको साथ

काठमाडौं । हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट बढ्दै गएको जोखिम न्यूनीकरणका लागि नेपालले चीनसँग क्षेत्रीय सहकार्यको प्रस्ताव गरेको छ। नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्...

#हिमालय #चीन
Compare →
Onlinekhabar
9h ago
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० …

#भारत #चीन
Compare →

Related Stories

Opinion & Editorial
Build #2611