Trending
Prev Story
Next Story

श्रम संस्कृतिको सरकार आएपछि बिचौलियाको 'बि' पनि उच्चारण गर्न दिइने छैन : हर्क साम्पाङ

Nagarik News •
November 02, 2026 • 01:13 AM
1
1 reads 0 reactions

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको मान्छे भन्दै बिचौलियाले देशका सबै क्षेत्र कब्जा गर्ने गरेको आरोप लगाएका छन्।

श्रम संस्कृतिको सरकार आएपछि बिचौलियाको 'बि' पनि उच्चारण गर्न दिइने छैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको मान्छे भन्दै बिचौलियाले देशका सबै क्षेत्र कब्जा गर्ने गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो आरोप लगाएका हुन्। उनले देशमा जनता सचेत बन्नुपर्ने आवश्यकता औंल्याउँदै श्रम संस्कृतिको सरकार बनेपछि बिचौलियालाई कुनै पनि गतिविधि गर्न नदिने चेतावनी दिए।

साम्पाङले भनेका छन्, ‘बिचौलियाले प्रधानमन्त्रीको मान्छे हुँ भन्दै सबै क्षेत्र कब्जा गर्छ ! यो देशमा अब जनता सचेत बन्नु पर्छ कि पर्दैन? श्रम संस्कृतिको सरकार आएको दिन बिचौलियाको बि... पनि उच्चारण गर्न दिइनेछैन। हर्क साम्पाङ जे बोल्छ त्यो गरिछाड्छ।’

प्रकाशित: १६ कार्तिक २०८३ ०६:५८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था गर्छौं: हर्क साम्पाङ

सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था गर्छौं: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको अधिकारका पक्षमा दृढ रहेको दाबी गरेका छन्। झापाको मेचीनगर-६ काँकडभिट्टामा मंगलबार आयोजित जनसभालाई सम्बोधन गर्दै अ...

#श्रम #साम्पाङ #हर्क
Compare →
Ekantipur
1w ago
आईजीपी बर्खास्तीदेखि न्यायालयमा बिचौलिया प्रकरणसम्म कांग्रेसले धारणा सार्वजनिक गर्ने

आईजीपी बर्खास्तीदेखि न्यायालयमा बिचौलिया प्रकरणसम्म कांग्रेसले धारणा सार्वजनिक गर्ने

पछिल्लो समय न्यायालयमा बिचौलियाको प्रभाव, सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना तथा सरकारका विभिन्न निर्णयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला कांग्रेसले आफ्नो दृष्टिकोण सार्वजनिक गर्न लागेको हो ।

#बिचौलिया
Compare →
Onlinekhabar
6d ago
बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

२१ कात्तिक, काठमाडौं । ‘अदालतहरूमा बिचौलिया र सुटकेस बोक्नेहरूको जगजगी छ भन्ने प्रतिवेदनहरूले नै देखाएका छन् । तपाईंको इजलास र सचिवालयलाई बिचौलियामुक्त राख्न तपाईंसँग के ठोस योजना छ ? यदि कोही बिचौलिया तपाईंको नजिक आउन …

#बिचौलिया
Compare →

Related Stories

Politics & Governance
Build #2611