Trending
Prev Story
Next Story

तौथलीमा दही जात्रा

Ekantipur •
October 21, 2026 • 05:22 PM
1
1 reads 0 reactions

किराँतकालदेखि चल्दै आएको तौथली दही जात्रामा अबिर मिसिएको दही छ्यापाछ्याप गर्दै स्थानीयले त्रिपुरासुन्दरी भगवतीको आराधना गरे ।

तौथलीमा दही जात्रा

किराँतकालदेखि चल्दै आएको तौथली दही जात्रामा अबिर मिसिएको दही छ्यापाछ्याप गर्दै स्थानीयले त्रिपुरासुन्दरी भगवतीको आराधना गरे ।

तौथली, सिन्धुपाल्चोक — जिल्लाको पुरानो र ऐतिहासिक नगरी मानिने त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथली बजारमा बुधबार दही छ्याप्दै 'तौथली दही जात्रा' मनाइएको छ । तौथली भेगभर जिल्लाभरबाट आएका वृद्धवृद्धादेखि युवासम्मले ठेकी र बाल्टीबाट अबिर मिसिएको दही निकाल्दै एकअर्कालाई छ्यापाछ्याप गरे ।

स्थानीय अगुवा विष्णुभक्त श्रेष्ठका अनुसार ‘जय जय ओम महादेवी’ भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजाविधिसहित ल्याइएका) ६ वटा परम्परागत लिंगोमा पूजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुने गर्छ । भूकम्पपछि पुरातत्त्व विभागको तीन करोड ६५ लाखमा चिटिक्क पुरानै संरचनामा पुनर्निर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिरअगाडि पुग्दा जात्रा झनै ठूलो भएको थियो । 'मुलुकमै यस्तो अनौठो दही छ्याप्ने परम्परा र अनेकौं प्राचीन पूजा, अनुष्ठान र जात्रा कहीँ छैन, यस्तो प्राचीन इतिहास बोकेको तौथलीमा मात्रै छ,' उनले भने ।

दिउँसोबाट सुरु भएको दही छ्याप्ने जात्रा अबेरमा सकेपछि महादेवीलाई जगाउन लिंगो नचाउँदै तरबार, खुँडा, खुकुरी देखाएर नृत्य निकालिएको थियो । ललिता त्रिपुरासुन्दरी महादेवीको मन्दिरमा जात्रा पुग्दा सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो । 'महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गरेको खुसीयालीमा किराँतकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ,' तौथलीका वडाध्यक्ष यादव श्रेष्ठले भने । गुठियार, स्थानीयले गाई, भैंसी नथाकोस् र पशुपालन, व्यवसाय सप्रिँदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गर्दै आएका छन् । 'खासमा दही प्रसादको रूपमा बाँडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापाछ्याप गरिन्छ,' उनले भने ।

दही जात्राको संरक्षणका लागि गाउँपालिकाबाट बजेट छुट्याएको छ । हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बलि बडादसैँको फूलपातीबाट नै सुरु हुने गर्छ ।

विजयादशमीको फूलपातीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तीनवटा माछा चढाउँछन् । महाअष्टमीको दिन कालो रङको बोकाको मात्रै बलि दिइन्छ । दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी, चण्डी, स्याल कहनजस्ता नृत्य जात्रा हुन्छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3w ago
थिमिमा प्रसिद्ध कुभिण्डो जात्रा सम्पन्न

थिमिमा प्रसिद्ध कुभिण्डो जात्रा सम्पन्न

भक्तपुरको मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा बिहीबार सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने यो जात्रा घटस्थापनाका दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा र...

#जात्रा
Compare →
Nagarik News
3w ago
रातभर मनाएर सकियो तलेजुको जात्रा

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ।

#जात्रा
Compare →
Onlinekhabar
3w ago
कहिँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

कहिँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

१० कात्तिक, काठमाडौं । एउटा नेपाली उखानै छ ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा ।’ काठमाडौंको हाँडीगाउँमा अहिले त्यही जात्रा सुरु भएको छ । कोजाग्रत पूणिर्माको भोलिपल्टदेखि ३ दिनसम्म यो जात्रा मनाउने गरिन्छ । लहरै तीनवटा रथ …

#जात्रा
Compare →
Bizshala
3d ago
भाटभटेनीबाट किनेको दहीमा ढुसी भेटिएपछि पास्कुअलको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश

भाटभटेनीबाट किनेको दहीमा ढुसी भेटिएपछि पास्कुअलको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश

काठमाण्डौ । इटहरीको भाटभटेनी सुपरमार्केटबाट किनेको स्पेनमा उत्पादित ‘पास्कुअल बिग डे’ दहीमा ढुसी भेटिएपछि खाद्य...

#दही
Compare →

Related Stories

Business & Economy
Build #2611