Trending
Prev Story
Next Story

संयुक्त राष्ट्र महासचिव पदका लागि यूएईले लाना जाकी नुसेबालाई बनायो उम्मेदवार

Nagarik News •
October 22, 2026 • 06:03 AM
1
1 reads 0 reactions

संयुक्त राष्ट्र महासचिव पदका लागि यूएईले लाना जाकी नुसेबालाई बनायो उम्मेदवारसंयुक्त राष्ट्र महासचिव पदका लागि यूएईले लाना जाकी नुसेबालाई बनायो उम्मेदवार

संयुक्त राष्ट्र महासचिव पदका लागि यूएईले लाना जाकी नुसेबालाई बनायो उम्मेदवार

संयुक्त अरब इमिरेट्स (यूएई) ले संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि आफ्नी राज्यमन्त्री लाना जाकी नुसेबालाई आधिकारिक रूपमा उम्मेदवार बनाएको छ।

यूएईको सरकारी समाचार एजेन्सी डब्ल्यूएएमका अनुसार राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले संयुक्त राष्ट्रसंघको महासभा र सुरक्षा परिषद्का अध्यक्षहरूलाई पत्र पठाउँदै नुसेबाको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्।

लाना जाकी नुसेबाले सन् २०१३ देखि २०२४ सम्म संयुक्त राष्ट्रसंघमा यूएईको स्थायी प्रतिनिधिका रूपमा काम गरेकी थिइन्। त्यस क्रममा उनले संयुक्त राष्ट्रसंघको महासभाको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालेकी थिइन्। यसका अतिरिक्त उनी यूएन वुमनको कार्यकारी बोर्डको अध्यक्ष पनि बनेकी थिइन्।

नुसेबाले सन् २०२२–२०२३ को कार्यकालमा दुई पटक संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अध्यक्षता पनि गरेकी थिइन्।

संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार महासचिव नियुक्त गर्ने अधिकार महासभासँग हुन्छ। तर, महासचिव नियुक्तिका लागि सुरक्षा परिषद्को सिफारिस अनिवार्य हुन्छ।

प्रकाशित: ५ कार्तिक २०८३ ११:४८ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
तापक्रम वृद्धिको विषय कोप–३१ को एजेन्डामा राख्न नेपाल र भुटानको संयुक्त प्रस्ताव

तापक्रम वृद्धिको विषय कोप–३१ को एजेन्डामा राख्न नेपाल र भुटानको संयुक्त प्रस्ताव

नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख विषय बनाउन संयुक्त प्रस्ताव अघि सारेका छन्। आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्...

#संयुक्त
Compare →
Ekantipur
10h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने

#यूएई
Compare →
Onlinekhabar
10h ago
गृहमन्त्री गुरुङ यूएई प्रस्थान

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका …

#यूएई
Compare →
Bizshala
1d ago
डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका...

#यूएई
Compare →

Related Stories

World News
Build #2612