Trending
Prev Story
Next Story

जनकपुरको लगातार दोस्रो जित

Ekantipur •
November 01, 2026 • 03:31 PM
1
1 reads 0 reactions

तीन वर्ष अघि पहिलो संस्करण विजेता जनकपुरले आइतबार पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ ।

जनकपुरको लगातार दोस्रो जित

तीन वर्ष अघि पहिलो संस्करण विजेता जनकपुरले आइतबार पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ ।

काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । तीन वर्ष अघि पहिलो संस्करण विजेता जनकपुरले आइतबार पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ ।

तृतराज दासले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४७ रन बनाएको थियो । जवाफमा आएको पोखराले ९ विकेट गुमाई १ सय ३८ रनमात्र बनाउन सक्यो ।

पहिलो खेलमा कर्णाली याक्सँग १९ रनले पराजित जनकपुरले दोस्रो खेलमा काठमान्डु गोर्खाजमाथि ८ विकेटको प्रभावशाली विजय हात पारेको थियो । पोखराको यो लगातार दोस्रो हार हो । टोली पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरबाट तृतराजले ५५ बलमा सर्वाधिक ६१ रन बनाए । उनी ७ चौका र २ छक्का प्रहार गरी १८ औं ओभरमा मेहदी हसनको बलमा पोखराका कप्तान कुशल भुर्तेलबाट सानदार क्याच आउट भए ।

तृतराज र मोइन अलीले पावर प्लेको ६ ओभरमा विना क्षति ४५ रन जोडेर जनकपुरलाई उत्कृष्ट सुरुआत दिलाए । तर सातौं ओभरमा मोइन आउट भएसँगै जनकपुरको विकेट पनि झर्न सुरु भएको थियो भने रनमा पनि अंकुश लागेको थियो ।

मोइन २१ रनमा आउट भएका छन् । दुई विश्वकप जितेका इंग्लिस खेलाडी उनी ३ चौका र १ छक्का प्रहार गरी शकिब अल हसनको बलमा बोल्ड भए । बंगलादेशी अलराउन्डर शकिबले उत्कृष्ट बलिङ गरे । आफ्नो ३ ओभरको पहिलो स्पेलमा ४ रनमात्र खर्चेर ३ विकेट लिएका थिए । उनले कुल ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए ।

शकिबले अर्का बंगलादेशका ब्याटर सेफ हसनलाई १ रनमा बोल्ड गरे भने जनकपुरका कप्तान हरमित सिंहलाई ९ रनमा पेभिलियन पठाए । अनिल साहले पनि ९ रनमात्र बनाउन सके । जिम्मी निसमले ११ बलमा ११ रनमात्र बनाउन सके ।

युवा ब्याटर अभिषेक तिवारी ११ बलमा २४ रन बनाई अविजित रहे । उनले १ चौका र २ छक्का प्रहार गरे । अमरसिंह रौटेला इनिङ्सको अन्तिम बलमा २ रनमा बोल्ड भए ।

पोखराबाट कप्तान कुशलले सर्वाधिक ३५ रन बनाए । उनले २४ बल खेली ५ चौका प्रहार गरे । दीनेश खरेल ३, मेहदी हसन ८, शकिब ९, अर्जुन घर्तीमगर ७ रनमा आउट भएका थिए । मोहम्मद सैफुद्धिनले खाता खोल्न सकेनन् ।

किरण ठगुन्ना ५ बल खेली २ चौका र १ छक्का प्रहार गरी १५ रनमा आउट भए । करुणारत्ने ४ र विपिन आचार्य १९ बलमा १ चौका प्रहार गरी २० रनमा आउट भए । विपिन खत्री १४ बलमा १७ र प्रतिक पोखरेल २ रनमा अविजित रहे ।

जनकपुरबाट मोइन अलीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चे । हरमितले ४ ओभरमा २० र सैफ हसनले ४ ओभरमा ३६ रन खर्चेर २–२ विकेट लिए । निसम र ललितले १–१ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
लगातार विकेट गुमाउँदै जनकपुर, १२ ओभरमा ६१ रन बनायाे

लगातार विकेट गुमाउँदै जनकपुर, १२ ओभरमा ६१ रन बनायाे

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले लगातार विकेट गुमाएकाे छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनक...

#जनकपुर #लगातार
Compare →
Arthasansar
5h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#जनकपुर
Compare →
Onlinekhabar
5h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#जनकपुर
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#जनकपुर
Compare →

Related Stories

Sports
Build #2611