Trending
Prev Story
Next Story

पृथ्वी राजमार्ग सोमबार ३ घण्टा बन्द रहने

Arthasansar •
November 01, 2026 • 11:34 AM
1
1 reads 0 reactions

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार तीन घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय...

पृथ्वी राजमार्ग सोमबार ३ घण्टा बन्द रहने

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार तीन घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सवारी आवागमन बन्द गर्न लागिएको जनाएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङ चितवनको जानकारीअनुसार सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।

निर्माण कार्यलाई सहज र सुरक्षित रूपमा सम्पन्न गर्न उक्त अवधिका लागि सडक पूर्ण रूपमा बन्द गर्न लागिएको हो । प्रशासनले निर्धारित समय अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न तथा सवारी व्यवस्थापनमा सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्नसमेत प्रशासनले आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)

२४ कात्तिक, काठमाडौं । घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएसँगै अवरुद्ध पृथ्वीराजमार्गमा अहिले सवारी अहिले सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर दिउँसो २ बजेपछि यातायात दुईतर्फी नै सञ्चालनमा आएको …

#पृथ्वी #राजमार्ग
Compare →
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#पृथ्वी #राजमार्ग
Compare →
Hamro Patro News
3d ago
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो पन्छाएपछि यातायात सेवा पुनः नियमित भएको छ ।

#पृथ्वी #राजमार्ग
Compare →
Ekantipur
3d ago
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा गएको पहिरो हटाएपछि दुईतर्फी यातायात सुचारु भएको छ ।

#पृथ्वी #राजमार्ग
Compare →
Nagarik News
3d ago
सुख्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

सुख्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

#पृथ्वी #राजमार्ग
Compare →

Related Stories

National (Nepal)
Build #2611