सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि अवसर र चुनौती दुवै भएको बताएका छन्। त्यसैले सबै मिलेर यो चुनौतीलाई सामना गर्दै अवसरको रूपमा उपयोग गर्नुपर्ने उनले बताए ।
आइतबार राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिद्वारा आयोजित छलफल कार्यक्रममा उनले खेलकुदको व्यवस्थापनका लागि प्रदेश सरकार, परिषद् वा सरकारी निकायले मात्र सम्भव नभएकाले सबै सरोकारवालाको उत्तिकै सहयोग र सहकार्य जरुरी रहेको औँल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )