Trending
Prev Story
Next Story

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

Nagarik News •
November 01, 2026 • 09:11 AM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बलियो सरकार बन्न प्रधानमन्त्री मात्र शक्तिशाली भएर नहुने बताएका छन्। त्यसका लागि राज्यका संस्थाहरू, नियम र कानुन बलियो हुनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बलियो सरकार बन्न प्रधानमन्त्री मात्र शक्तिशाली भएर नहुने बताएका छन्। त्यसका लागि राज्यका संस्थाहरू, नियम र कानुन बलियो हुनुपर्ने उनको भनाइ छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि आइतबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।

सभापति थापाले सरकारले भ्रष्टाचार नियन्त्रण र अनियमिततामाथि छानबिन गर्नुपर्ने भए पनि त्यसका लागि स्थापित कानुनी प्रक्रिया र संस्थाहरूको पालना गर्नुपर्ने बताए।

उनले सिँचाइ विभागका महानिर्देशक र सुनकोसी मरिन डाइभर्सन आयोजनाका प्रमुखलाई कार्यस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बयान गराएको भन्ने समाचारप्रति पनि आपत्ति जनाए।

कर्मचारीलाई जिम्मेवारीअनुसार काम लगाउने, अनुशासन उल्लंघन गरे कारबाही गर्ने र भ्रष्टाचार गरे कानुनी प्रक्रियाअनुसार सजाय दिने अधिकार सरकारसँग रहेको उनको भनाइ थियो। तर, त्यसका लागि स्थापित निकाय र कानुनी प्रक्रिया मिच्न नहुनेमा उनको जोड छ।

सो अवसरमा सभापति थापाले यसअघि पासपोर्ट छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहितका पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई ८/९ घण्टासम्म प्रधानमन्त्री कार्यालयमा राखिएको घटना पनि स्मरण गराए। त्यस्तै, एक निर्माण व्यवसायी र एक सचिवलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर लगिएको घटनाको पनि उदाहरण दिए।

'कानुनको शासन र कानुनलाई हतियार बनाएर शासन गर्ने कुरा फरक हुन्। कानुनको शासन भनेको नागरिकले मात्र कानुन मान्ने होइन, सरकारले पनि कानुन मान्ने हो। प्रधानमन्त्री, मन्त्री र प्रहरी सबैलाई कानुन लाग्छ,' थापाले भने। उनले प्रधानमन्त्री अधिकारसम्पन्न भए पनि त्यो अधिकारको सीमा हुने बताए। अधिकारको सीमा उल्लंघन हुनासाथ समस्या सुरु हुने उनको भनाइ थियो।

'बलियो सरकार भनेको प्रधानमन्त्री बलियो हुनु होइन, संस्थाहरू बलियो बनाउनु हो। नियम र कानुन बलियो बनाउनु हो। ती सबै बलिया भएपछि प्रधानमन्त्री आफैँ बलियो हुन्छन्,' उनले भने।

सभापति थापाले भ्रष्टाचार अन्त्य गर्न चाहने नयाँ पुस्ताको माग जायज रहेको बताउँदै यस अभियानमा कांग्रेस पनि साथमा रहेको उल्लेख गरे। तर, भ्रष्टाचार नियन्त्रणका नाममा कानुनी प्रक्रिया र विधिलाई बेवास्ता गर्न नहुने उनको धारणा थियो।

'प्रक्रिया केही पनि होइन भनेर भनियो भने अन्ततः यसले झन् बढी भ्रष्टाचार हुने र भ्रष्टाचारीको संरक्षण गर्ने ठाउँमा पुर्‍याउँछ। किनकि शक्तिले भ्रष्ट बनाउँछ भन्ने कुरा हामीले पहिले नै देखिसकेका छौँ,' उनले भने।

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर हुनुपर्ने तर त्यसका नाममा राज्यका निकाय र कर्मचारीमाथि मनलाग्दी ढंगले शक्ति प्रयोग गर्न नहुनेमा जोड दिएका छन्।

त्यस्तै, हालै केही पत्रकार पक्राउ परेर रिहा भएककोबारे बोल्दै उनले भने, 'संसदीय दलको बैठकबाट निर्देशन दिने काम होस्। प्रधानमन्त्रीले त्यो निर्देशन लिएर गएपछि सरकारले काम गरोस्, छानबिन होस् र परिणाम आओस्। हामीले चाहने कुरा त्यही हो।'

प्रकाशित: १५ कार्तिक २०८३ १४:५६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#थापा #कांग्रेस
Compare →
Hamro Patro News
3d ago
नेपाल संवत्ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउने सभापति थापाको विश्वास

नेपाल संवत्ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउने सभापति थापाको विश्वास

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरम...

#थापा #बलियो
Compare →

Related Stories

Politics & Governance
Build #2612