काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पत्रकार पक्राउ गरिएको घटनाको विरोध गरेका छन् । आइतबार (कात्तिक १५) कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ‘विशेष’ सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको घटनाप्रति आपत्ति जनाएका हुन् ।
प्रहरीले यस घटनाबारे दुईपटक विज्ञप्ति जारी गरेको उनले उल्लेख गरे । सुरुमा सामान्य विषयमा प्रहरीले आफ्नो काम गरेको भनेको भए पनि शुक्रबार (कात्तिक १३) राति जारी गरिएको दोस्रो विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सचिवालयको दबाबमा पत्रकारहरू पक्राउ गरिएको उल्लेख भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )