Trending
Prev Story
Next Story

म्याक्स टाइगरको रोमाञ्चक ‘दशैं धमाका’, थप दुईले जिते स्कुटर र मोटरसाइकल

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

२९ असोज, काठमाडौं । दशैंको रौनकसँगै म्याक्स टाइगरको ‘दशैं धमाका’ चलिरहेको छ । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कार विजेता बनाइरहेको छ । अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा …

म्याक्स टाइगरको रोमाञ्चक ‘दशैं धमाका’, थप दुईले जिते स्कुटर र मोटरसाइकल

२९ असोज, काठमाडौं । दशैंको रौनकसँगै म्याक्स टाइगरको ‘दशैं धमाका’ चलिरहेको छ ।

म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कार विजेता बनाइरहेको छ । अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ ।

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् ।

म्याक्स टाइगरको एक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले दुवै विजेताको दशैंलाई विशेष बनाएको छ । सामान्य रूपमा खरिद गरिएको एक क्यान इनर्जी ड्रिंकले  नयाँ स्कुटर र मोटरसाइकल विजेता बनाएको छ ।

यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए । त्यस्तै, सुर्खेतका किशोर जंग शाह यामाहा रेजेडआर स्कुटरको विजेता बनेका थिए ।

पछिल्ला दुई विजेता थपिएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानमा पुरस्कारको आकर्षण अझै कायम छ । अभियानअन्तर्गत कुल १८ भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । त्यसमाथि एक जना महाभाग्यशाली उपभोक्ताको भाग्यमा हुनेछ बम्पर पुरस्कार प्रोटोन कार पाउनेछन् ।

पाँच विजेता सार्वजनिक भइसके पनि अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारको पुरस्कार बाँकी छ । यसले आगामी विजेता को बन्ला भन्ने उत्सुकतालाई थप बढाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा

दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी सम्हालेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले चाडपर्वको सुरक्षा व्यव...

#दसैँ
Compare →
Bizshala
3d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →
Nagarik News
21h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#स्कुटर #मोटरसाइकल
Compare →

Related Stories

Technology
Build #2612