Trending
Prev Story
Next Story

२८ भन्सार विन्दुबाट हुन्छ वैदेशिक व्यापार, वीरगञ्ज एक्लैलाई आधा भार

Onlinekhabar •
November 01, 2026 • 09:01 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत समावेश छ । तर, व्यापार हिस्सा हेर्दा वीरगञ्ज एक्लैले आधा भार बेहोरिरहेको छ । भन्सार विभागका अनुसार …

२८ भन्सार विन्दुबाट हुन्छ वैदेशिक व्यापार, वीरगञ्ज एक्लैलाई आधा भार

१५ कात्तिक, काठमाडौं । नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत समावेश छ । तर, व्यापार हिस्सा हेर्दा वीरगञ्ज एक्लैले आधा भार बेहोरिरहेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधि (साउन–असोज) सम्म कुल ६ खर्ब ४६ अर्ब बराबर वस्तु आयात भएको छ । जसमध्ये वीरगञ्ज भन्सार नाकाबाट मात्र ४८.३० प्रतिशत बराबर आयात भएको छ ।

यस नाकाबाट कुल ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस नाकाबाट नेपाल भित्रने पेट्रोलियम पदार्थको ठूलो हिस्सा आयात हुन्छ । निर्यातमा समेत यस नाकाको हिस्सा ठूलो छ ।

विभागका अनुसार साउनसम्म कुल १ खर्ब १४ अर्ब बराबर वस्तु निर्यात भएको छ । जसमा वीरगञ्जबाट ४७ अर्ब ९२ करोड बराबर वस्तु निर्यात भएको छ ।

१० भदौको बाढीले नेपाल–चीन व्यापारलाई मुस्ताङ नाकामा सीमित गरेको छ । सोही नाकासमेत कालीगण्डकी नदीको बाढीले प्रभावित गरेसँगै अहिले भारततर्फका नाकामा व्यापार केन्द्रित हुन पुगेको छ ।

आयाततर्फ वीरगञ्जपछि दोस्रो व्यस्त नाका भैरहवा बन्न पुगेको छ । यस नाकाबाट ९८ अर्ब ८१ करोड बराबर वस्तु भित्रिएको छ । जुन १५.२८ प्रतिशत हो ।

तेस्रो स्थानमा विराटनगर नाका छ । जहाँबाट ७८ अर्ब ३३ करोडको वस्तु नेपाल भित्रिएको छ । यो कुल आयातको १२.११ प्रतिशत हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ अर्ब ६२ करोड बराबर वस्तु आयात भएको छ ।

यो कुल आयातको ७.९८ प्रतिशत हिस्सा हो । यसबाहेक अन्य भन्सार विन्दुको हिस्सा न्यून छ । नेपालगञ्ज नाकाबाट तीन महिनामा २३ अर्ब ९१ करोड, मुस्ताङ नाकाबाट २२ अर्ब ३ करोड र मेची भन्सारबाट २१ अर्ब ४० करोडको वस्तु भित्रिएको छ ।

रसुवागढी नाकामा बाढीको प्रहारपछि चोभारस्थित सुक्खा बन्दरगाहको चहलपहल समेत घटेको छ । तीन महिनामा यस भन्सार विन्दु हुँदै ४ अर्ब १४ करोडको मात्र वस्तु आयात भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1d ago
वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

काठमाण्डौ । वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य रूपमा खुम्चिएको छ। धान र...

#वीरगञ्ज #आयात #नाका
Compare →
Hamro Patro News
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयातमा ६३ प्रतिशतले कमी

वीरगञ्ज नाकाबाट खाद्यान्न आयातमा ६३ प्रतिशतले कमी

वीरगञ्ज । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसा...

#वीरगञ्ज #आयात #नाका
Compare →
Nagarik News
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

#वीरगञ्ज #आयात
Compare →

Related Stories

World News
Build #2612