Trending
Prev Story
Next Story

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूविरुद्ध शुक्रबारसम्म ८ उजुरी

Onlinekhabar •
November 01, 2026 • 09:00 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूविरुद्ध आठ वटा उजुरी परेको छ । यही कात्तिक ९ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । जसअनुसार गत शुक्रबारसम्म …

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूविरुद्ध शुक्रबारसम्म ८ उजुरी

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूविरुद्ध आठ वटा उजुरी परेको छ । यही कात्तिक ९ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । जसअनुसार गत शुक्रबारसम्म आठ वटा उजुरी परेका हुन् ।

उजुरी दिने समय कात्तिक १९ गतेसम्म छ । यसअवधिमा उजुरीको संख्या थप बढ्न पनि सक्नेछ ।

गत २० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । जसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

पाण्डे उच्च अदालत, पाटनको हेटौंडा इजलासका न्यायाधीश हुन्, भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुन् । डाँगी यसअघि उच्च अदालत, जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश थिए ।

उनीहरूविरुद्ध परेको उजुरी अध्ययन गरेर संसदीय सुनुवाइ समितिले न्यायाधीशमा सिफारिस चारै जनाको कार्ययोजना सुन्नेछ ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशमा नियुक्ति हुनेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
12h ago
सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए सपथ

सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए सपथ

काठमाडौं : सर्वोच्च अदालतका नवनियुक्त चारजना न्यायाधीशले सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायाधीश...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Ekantipur
12h ago
सर्वोच्च अदालतका ४ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

सर्वोच्च अदालतका ४ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Nagarik News
12h ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Arthasansar
15h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Bizshala
15h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →

Related Stories

National (Nepal)
Build #2612