Trending
Prev Story
Next Story

पाँच वर्षभित्र काम गरेर देखाउनुपर्ने चुनौती छ : गृहमन्त्री गुरुङ

Nagarik News •
November 01, 2026 • 06:59 AM
1
1 reads 0 reactions

गुरुङले नयाँ पुस्ताका नेताहरूका लागि अहिलेको समय इतिहासकै ठूलो परीक्षाका रूपमा रहेको उल्लेख गर्दै जनताको विश्वासलाई परिणाममा बदल्नुपर्ने बताएका हुन्।

पाँच वर्षभित्र काम गरेर देखाउनुपर्ने चुनौती छ : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले आगामी पाँच वर्षभित्र काम गरेर परिणाम देखाउनुपर्ने बताएका छन्। उनले नयाँ पुस्ता पनि सक्षम र क्षमतावान् छ भन्ने प्रमाण भाषणबाट नभई कामबाट दिनुपर्नेमा जोड दिएका छन्।

गुरुङले नयाँ पुस्ताका नेताहरूका लागि अहिलेको समय इतिहासकै ठूलो परीक्षाका रूपमा रहेको उल्लेख गर्दै जनताको विश्वासलाई परिणाममा बदल्नुपर्ने बताएका हुन्।

‘पाँच वर्षभित्रमा हामीले काम गरेर देखाउनु सरकारको जिम्मेवारी हो । रिजल्ट देखाउनु सरकारको काम हो,’ उनले भने, ‘हामीले साँच्चिकै जनताको आशालाई परिणाममा परिणत गर्न सक्छौँ कि सक्दैनौँ भन्ने इतिहासले हामीमाथि ठूलो परीक्षा लिइरहेको छ।’

उनले नयाँ पुस्ताले काम गर्न सक्छ कि सक्दैन भन्ने विषय अहिले ठूलो चुनौतीका रूपमा रहेको बताए।

‘जुन दिन हामीले काम गर्न सक्दैनौँ, त्यसपछि नयाँ पुस्तामाथि विश्वास गर्ने आधार हुँदैन,’ उनले भने। गुरुङले नयाँ पुस्ताका नेताहरू पनि पुराना राजनीतिक दलका नेताहरूजत्तिकै सक्षम र क्षमतावान् छन् भन्ने प्रमाणित गर्नुपर्ने बताए।

अहिलेको प्राथमिकता विचारको राजनीतिक बहसभन्दा विकास र परिणाममुखी काममा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

‘हामी विकासको राजनीति गरिरहेका छौँ । अहिले हामीले विकासका लागि भोट पाएका छौँ,’ उनले भने।

गृहमन्त्री गुरुङले जनताले दिएको मतलाई नागरिकको हितमा उपयोग गर्दै नीतिगत सुधारमार्फत दीर्घकालीन सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: १५ कार्तिक २०८३ १२:४४ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान बिर्सन हुँदैन: गृहमन्त्री गुरुङ

पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान बिर्सन हुँदैन: गृहमन्त्री गुरुङ

ललितपुर । गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल संवत् ११४७ को अवसरमा आज ललितपुरको पा...

#गुरुङ #गृहमन्त्री
Compare →
Onlinekhabar
7h ago
गृहमन्त्री गुरुङ यूएई प्रस्थान

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका …

#गुरुङ #गृहमन्त्री
Compare →
Ekantipur
1w ago
‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’ लाई विमल गुरुङ कृति पुरस्कार

‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’ लाई विमल गुरुङ कृति पुरस्कार

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले भूपिन खड्काको ‘मध्यको उज्यालो’ र जुनू रानाको ‘लाहुरेनी सौन्दर्य’ निबन्धसंग्रका लागि जनही एक लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरेको हो ।

#गुरुङ
Compare →
Bizshala
1w ago
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने अर्थमन्त्रीको घोषणा

७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने अर्थमन्त्रीको घोषणा

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर...

#वर्षभित्र
Compare →

Related Stories

Politics & Governance
Build #2611