Trending
Prev Story
Next Story

इलामका सेवन्त आचार्यले जिते ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार-२०८३’ को प्रथम पुरस्कार

Nagarik News •
November 01, 2026 • 05:34 AM
1
1 reads 0 reactions

‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ को नतिजा सार्वजनिक भएको छ।

इलामका सेवन्त आचार्यले जिते ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार-२०८३’ को प्रथम पुरस्कार

‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ को नतिजा सार्वजनिक भएको छ।

नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन तथा विकासका लागि विद्यालय तहका विद्यार्थीहरूबिच आयोजना गरिएको ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ को गरिएको हाे।

भ्यान्कुभर, क्यानाडा निवासी हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले २०८२ सालदेखि पुरस्कार स्थापना गरेकाे हाे।

'बाङ्गा अक्षर' ले विश्वभरका  १२ कक्षासम्म अध्ययनरत नेपालीभाषी विद्यार्थीहरूबाट २०८३ असोज १४ गते (३० सेप्टेम्बर २०२६) भित्र निबन्ध आह्वान गरेको थियो।

प्राप्त निबन्धहरूको मूल्याङ्कनमा अमर माध्यमिक विद्यालय, इलाम - कक्षा १२का सेवन्त आचार्य प्रथम, डियरवाक सिफल स्कुल, काठमाडौँ - कक्षा १० का सुविज्ञराज खरेल द्वितीय, श्री कान्ति भैरव गुरुकुल, काठमाडौँ - कक्षा १२ पुष्प खरेल र काभ्रे इङ्गलिश माध्यमिक विद्यालय, काभ्रे - कक्षा १२ का स्वीकृति तामाङ तृतीय भएका छन्।

काठमाडौँमा आयोजना गरिने एक विशेष समारोहबिच 'बाङ्गा अक्षर' का तर्फबाट विजेताहरूलाई सम्मान-पत्रका साथै नगद पुरस्कार प्रदान गरिनेछ।

प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुने दुवै जनालाई जनही ५-५ हजार रुपैयाँका दरले पुरस्कार अर्पिने भएकाे छ।

हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष  लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार सुमी लोहनी रहेकाे तीन सदस्यीय मूल्याङ्कनका लागि विशेषज्ञ टोली गठन गरिएको थियो।

निबन्धको मूल्याङ्कन गर्दा हास्य र व्यङ्ग्यको प्रभावकारिता, विषयवस्तु र सान्दर्भिकता, मौलिकता र सृजनशील प्रस्तुति, भाषा र शैली, एवं संरचना र तादात्म्यलाई मुख्य आधार बनाइएको जनाइएको छ।

संस्थाका अध्यक्ष नारायण भट्टराईले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई धन्यवाद दिँदै  सिर्जनात्मक लेखनमा निरन्तर लाग्न अनुराेध गरेकाे छ।

प्रकाशित: १५ कार्तिक २०८३ ११:१९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते प्रतिष्ठित बुकर पुरस्कार

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते प्रतिष्ठित बुकर पुरस्कार

काठमाडौं : बेलायती लेखक एम जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द इन्ड अफ एभ्रिथिङ’का लागि सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन्। ८१ वर्षको उमेरमा यो सम्मान पाउने उनी इतिहासकै सबैभन्दा पाका लेखक...

#पुरस्कार #जिते
Compare →
Onlinekhabar
3d ago
८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

२४ कात्तिक, काठमाडौं । बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन् । ह्यारिसनले आफ्नो …

#पुरस्कार #जिते
Compare →
Ekantipur
6h ago
नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

कविडाँडा साहित्य समाजले दिएको उक्त पुरस्कारको राशि २ लाख १६० रुपैयाँ रहेको छ ।

#पुरस्कार
Compare →

Related Stories

World News
Build #2612