Trending
Prev Story
Next Story

पारिलो घाम र भरिलो चरन खोज्दै बुकीबाट बेँसी झरे गोठाला

Ekantipur •
October 20, 2026 • 04:16 PM
1
1 reads 0 reactions

चिसो बढ्दै गएपछि र चाडबाड नजिकिएसँगै हिमाली जिल्ला रुकुम पूर्वका लेकाली खर्कहरूबाट गोठालाहरू यतिबेला बेँसी झरेका छन्।

पारिलो घाम र भरिलो चरन खोज्दै बुकीबाट बेँसी झरे गोठाला

चिसो बढ्दै गएपछि र चाडबाड नजिकिएसँगै हिमाली जिल्ला रुकुम पूर्वका लेकाली खर्कहरूबाट गोठालाहरू यतिबेला बेँसी झरेका छन्।

रुकुम पूर्व — चिसो बढ्दै गएपछि र चाडबाड नजिकिएसँगै हिमाली जिल्ला रुकुम पूर्वका लेकाली खर्कहरूबाट गोठालाहरू यतिबेला बेसी झरेका छन्। गत वैशाखको पहिलो सातातिर लेकतिर उक्लिएकाहरू हिउँदमा पारिलो घाम र भरिलो चरन खोज्दै तल झरेका हुन्।

वैशाख लागेसँगै पशुचौपाया लिएर लेकतिर उक्लिएका आफूहरू अब बेसी झरेको पुथाउत्तरगंगा गाउँपालिका–५ का सागर सुनारले बताए।

‘गाउँबाट ढोरपाटन आसपासका ठाउँ, ठाँकुर, फागुने र जल्पाधुरीसम्म पुगेका हामी करिब ६ महिनापछि अब भने गाउँ फर्कियौँ,’ उनले भने।

रुकुम पूर्वका अधिकांश गाउँका आ–आफ्नै लेकाली खर्क तथा पाटन छन्। बर्खायाममा वस्तुभाउलाई पेटभरि घाँसपात खुवाउन गोठालाहरूले ती खर्कमा लैजाने चलन छ। पुथाउत्तरगंगा–१, मैकोटबाट पूर्वाङ, माजिला, कुण्डला, पुपाल, पुथावाङलगायत ठाउँसम्म गोठालाहरू जाने र खानीगोठ, हिखर्क तथा त्यागमलगायत ठाउँ हुँदै बेसी झर्ने गरेको मैकोटका अद पुनले बताए।

वस्तुभाउलाई घाँसपात खुवाउन लेकाली पाटनमा उक्लिएका गोठालाहरूले यस अवधिमा डोका–नाम्ला बुन्ने, भेडाको ऊन सङ्कलन गरेर धागो बनाउनेलगायत काम पनि गर्ने गरेको उनको भनाइ छ।

‘गाउँ (मैकोट) बाटै खानेपिने कुरा बोकेर लिन्छौँ र झन्डै ६ महिनाजति गोठमा बस्छौँ। त्यहाँ पनि एकै ठाउँमा चरन हुँदैन। महिनैपिच्छे सर्दै–सर्दै विस्तारै तल झर्ने हो,’ अदले थपे, ‘माथिबाट विस्तारै तल झरेर हामी असोजभित्र दशैँ मनाउन बेंसीको घर पुग्छौँ।’

चाडबाड मनाउन र भेडाबाख्रालाई नयाँ तथा पारिलो चरनमा लैजान बेसी झरेको भूमे–२, क्याङ्सीका पुरबहादुर सुनारले बताए।

‘लेकतिर अब चिसो पनि बढ्यो, विस्तारै हिउँ पर्छ। यसकारण हामी तलतिर झर्‍यौँ,’ उनले भने, ‘चाडबाडले पनि बोलायो अनि भेडाबाख्रा पनि चिसो सहन नसक्ने हुन थाले। त्यसैले बेसीमा आइपुग्यौँ।’

यस भेगका भेडापालक किसानहरू केही वर्षअघिसम्म हिउँदमा पारिलो घाम र भरिलो चरन खोज्दै रोल्पा, प्युठान र दाङका चुरे क्षेत्रसम्म पुग्ने गरेका थिए। अहिले भने भेडापालनलगायत कृषि कर्म गर्नेहरूको सङ्ख्या घट्दै गएको र पशुवस्तु पनि कम भएका कारण हिमाली पाटनबाट रुकुम पूर्व आसपासका पहाडसम्म मात्रै पुग्ने गरेका छन्। चैतसम्म यतै आसपासमा बिताएर उनीहरू फेरि विस्तारै वैशाखभित्र अग्ला लेकाली खर्कमा पुग्छन्।

दशैँ–तिहारको छेको पारेर बेसी झर्दा भेडा–च्याङ्ग्राको बेचबिखन पनि हुने गरेको मैकोटका अद पुनले बताए।

‘दशैँमा मासुका लागि भेडा–च्याङ्ग्राको बिक्री नै हाम्रो मुख्य आम्दानीको स्रोत हो। यसको ऊन पनि बिक्री हुन्छ। यसकारण पनि हामीलाई बेसी झर्ने हतारो हुन्छ,’ उनले भने।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
हिउँदमा बेँसी, वर्षामा डाँडा : विपद्‌बाट जोगाउने त्यो चलन

हिउँदमा बेँसी, वर्षामा डाँडा : विपद्‌बाट जोगाउने त्यो चलन

पहाडी भेगमा विपद् जोखिमबाट बच्न विभिन्न अनुकूलनका अभ्यासहरू हुँदै आएको पाइन्छ । यसमध्ये गामबेँसी (रिज टु भ्याली) आऊजाऊ गर्ने बसाइँ (सिजनल माइग्रेसन) एउटा महत्त्वपूर्ण अभ्यास हो । नेपालमा औलो उन्मू...

#बेँसी
Compare →
Nagarik News
5d ago
हिमपात र चिसो बढेपछि भेडाको बथानसहित बेँसी झर्न थाले किसान

हिमपात र चिसो बढेपछि भेडाको बथानसहित बेँसी झर्न थाले किसान

उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन्।

#बेँसी
Compare →
Onlinekhabar
5d ago
चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

२२ कात्तिक, बाजुरा । कात्तिकः उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरू बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई …

#बेँसी
Compare →
Bizshala
1w ago
तिहारका लागि मुस्ताङबाट १ हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिए

तिहारका लागि मुस्ताङबाट १ हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिए

काठमाण्डौ । तिहारलाई लक्षित गरी मुस्ताङबाट कुल १ हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिएका छन्। तीमध्ये १ हजार ३८५...

#बेँसी
Compare →

Related Stories

World News
Build #2611