Trending
Prev Story
Next Story

सिड्नी मेट्रोका कर्मचारीले नेपाली भाषामा पनि यात्रुलाई सहायता गर्ने

Onlinekhabar •
November 01, 2026 • 05:00 AM
1
1 reads 0 reactions

१५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सञ्चालित सिड्नी मेट्रोले विभिन्न भाषिक पृष्ठभूमिका यात्रुलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गरेको छ। अब मेट्रोका कर्मचारीको पोसाकमै उनीहरूले बोल्ने भाषाको पहिचान चिह्न (ब्याज) राखिनेछ। सिड्नी मेट्रोका …

सिड्नी मेट्रोका कर्मचारीले नेपाली भाषामा पनि यात्रुलाई सहायता गर्ने

१५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सञ्चालित सिड्नी मेट्रोले विभिन्न भाषिक पृष्ठभूमिका यात्रुलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गरेको छ।

अब मेट्रोका कर्मचारीको पोसाकमै उनीहरूले बोल्ने भाषाको पहिचान चिह्न (ब्याज) राखिनेछ।

सिड्नी मेट्रोका अनुसार, यात्रुको सुविधाका लागि कर्मचारीहरूले नेपाली, पञ्जाबी, ग्रीक र स्पेनीलगायत ११ वटा भाषाका चिह्न लगाउनेछन्।

यसमा श्रवणशक्ति कमजोर भएका तथा बोल्न नसक्ने यात्रुको सहायताका लागि अस्ट्रेलियाली साङ्केतिक भाषा अस्लान समेत समावेश गरिएको छ।

पोसाकमा राखिने यस्तो भाषागत चिह्नले यात्रुलाई आफूले बोल्ने र बुझ्ने भाषाका कर्मचारी पहिचान गर्न सहज बनाउनेछ। यसबाट रेल यात्रा, गन्तव्यको पहिचान र मेट्रो सेवासम्बन्धी आवश्यक जानकारी लिन भाषाको अवरोध कम हुने अपेक्षा गरिएको छ।

अब मेट्रोमा यात्रा गर्दा कुनै सहायता आवश्यक परेमा यात्रुले आफूले बोल्ने भाषा उल्लेख गरिएको चिह्न लगाएका कर्मचारीसँग सीधै सम्पर्क गरेर जानकारी लिन सक्नेछन्।

सिड्नी मेट्रोको यो पहललाई बहुभाषिक तथा बहुसांस्कृतिक समुदायलाई सार्वजनिक यातायातमा सहज, सुरक्षित र बाधारहित पहुँच पुर्‍याउने महत्त्वपूर्ण प्रयासका रूपमा लिइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
७९ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

७९ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ। ७९ कर्मचारीको सरुवा गरिएको छ। मंगलबार पूर्वाधार विकास मन्त्रालयले गरेको निर्णय अनुसार नेपाल इन्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूह,राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको ...

#कर्मचारी
Compare →
Nagarik News
1w ago
भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालनको योजना

भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालनको योजना

भक्तपुरको जगातीदेखि काठमाडौं रत्नपार्कसम्म चल्ने भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालनमा छलफल भएको छ।

#मेट्रो
Compare →
Bizshala
4d ago
सिड्नीमा आप्रवासनको आक्रोश र पेरिसमा महँगीको विद्रोह, एशिया बन्नसक्छ विश्वको रोजाई

सिड्नीमा आप्रवासनको आक्रोश र पेरिसमा महँगीको विद्रोह, एशिया बन्नसक्छ विश्वको रोजाई

काठमाण्डौ। पेरिसमा महँगीविरुद्धको जुलुस सकिँदै गर्दा प्रहरीसँग झडप भयो। इटालीको टुरिनमा विद्यार्थी, श्रमिक र किसान...

#सिड्नी
Compare →
Arthasansar
5d ago
‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारद्वारा प्रकाशित...

#भाषा
Compare →
Ekantipur
6d ago
प्रहरी र कर्मचारीमा उकुसमुकुस, न्यायालय पनि तरंगित

प्रहरी र कर्मचारीमा उकुसमुकुस, न्यायालय पनि तरंगित

कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय हेरफेर र हठात् आईजीपी परिवर्तनका घटना तथा न्यायाधीशविरुद्ध महाभियोगको चर्चाले निजामती, प्रहरी संगठन र न्यायालयमा अन्योल छाएको छ । ‘सरकारी कारबाही’ कुन बेला कोमाथि हुन्छ भन्ने त्रासमा कर्मचारी गुज्रिरहेका छन् ।

#कर्मचारी
Compare →

Related Stories

National (Nepal)
Build #2612