Trending
Prev Story
Next Story

अर्नबको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने

Nagarik News •
November 01, 2026 • 04:07 AM
1
1 reads 0 reactions

अर्नब चक्रवातको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने मौसमविद् विनोद पोखरेलले बताएका छन्।

अर्नबको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने

अर्नब चक्रवातको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने मौसमविद् विनोद पोखरेलले बताएका छन्।

बंगालको खाडीमा अर्को मौसमी प्रणाली विकसित भएको भए पनि उक्त प्रणाली नेपालतर्फ आउने सम्भावना न्यून रहेको उनले बताएका छन्।

धान काट्ने तयारीमा रहेका किसानले स्थानीय मौसमको अवस्था हेरेर कृषि कार्य सुरु गर्न सक्ने पोखरेलको भनाइ छ। आगामी दुईदेखि तीन दिनसम्म अपराह्नको समयमा पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि धान काट्न रोक्नुपर्ने अवस्था नरहेको उनले बताएका छन्।

‘काटेको धान सुरक्षित राख्ने व्यवस्था भने गर्नुहोला,’ पोखरेलले किसानलाई सुझाव दिएका छन्।

तराई क्षेत्रमा भने वर्षाको सम्भावना खासै नरहेको उनले बताएका छन्। किसानले आफ्नो क्षेत्रको मौसम र पछिल्ला पूर्वानुमानलाई ध्यानमा राखेर कृषि कार्यको योजना बनाउनुपर्ने उनको सुझाव छ।

धान काट्ने र भित्र्याउने समय भएकाले मौसमको अवस्थालाई ध्यान दिँदै कृषि कार्य अघि बढाउन सकिने पोखरेलले बताएका छन्।

प्रकाशित: १५ कार्तिक २०८३ ०९:५२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
22h ago
पश्चिमी वायुको आंशिक प्रभाव : एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागको मौसम मुख्यत...

#पश्चिमी #वायु #हल्का
Compare →

Related Stories

Technology
Build #2611