Trending
Prev Story
Next Story

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

Nagarik News •
November 01, 2026 • 03:38 AM
1
1 reads 0 reactions

दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन्।

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन्।

बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त भेटिन्छन्। कसैका हात माटो मुछ्नमा जुटेका छन् भने कसैले चक्र घुमाउँदै माटाका डल्लालाई आकार दिइरहेका छन्। चाडपर्वको रौनकसँगै सो बस्तीका कुम्हाल समुदायका घरआँगनमा माटाका सामग्री बनाएको हेर्नेहरु पनि भेटिन थालेका छन्।

वर्षभरि सुस्त रहने माटाका सामग्रीको कारोबार दीपावली र छठको समयमा केही बढ्ने आशाले उनीहरू अहिले उनीहरु उत्पादनमा केन्द्रित छन्। 'कारोबार वर्षभरि सुस्त रहन्छ, चाडपर्वको समयमा मात्र बिक्री हुन्छ', खजुरीका पृतम पण्डितले भने, 'त्यसैले अहिले पाला बनाउन हामी व्यस्त छौँ।'

उनीहरूका लागि यो समय केवल चाडपर्वको तयारी मात्र होइन, वर्षभरि थन्किएको पेसाबाट केही आम्दानी गर्ने अवसर पनि हो।

‘‘यो हाम्रो पसिना र मेहनतसँग परिवारको जीविका तथा पुर्ख्यौली पेसाको निरन्तरता पनि जोडिएको हो', स्थानीय सुन्दर पण्डिलले भन्छन्, 'हाम्रो लागि माटो केवल कच्चा पदार्थ होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप, संस्कृति र पहिचानको आधार हो।'

'दसैँ सकिएलगत्तै माटोका भाँडा बनाउने काममै लागेकै हुन्छु,' अयोधि पण्डितले भने, 'अहिले माटोको भाँडा बेचेर राम्रै आम्दानी हुने भएकाले अरू काम थाती राखेर यसमा लागेका हौँ।' दसैँदेखि छठसम्ममा माटोको भाँडा बेचेर खबै खर्च कटाउँदा रु एक लाखसम्म आम्दानी हुने उनले बताए।

चाडपर्वमा माटाका सामग्रीको माग बढे पनि वर्षभरि यसै पेसाबाट परिवारको खर्च धान्न सहज नभएको कुमाल समुदायका अगुवा रामनारायण पण्डितले बताए।

प्लास्टिक, स्टिल, आल्मुनियम र अन्य आधुनिक सामग्रीले बजारमा स्थान विस्तार गर्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएको छ। यसले गर्दा माटोसँग जीवन बिताएका कुमाल समुदायलाई आफ्नो पेसा जोगाउने र नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्ने चुनौती थपिएको उनको कथन छ।

'कुनै समय घरघरमा माटाका भाँडाकुँडा प्रयोग गर्ने चलन थियो, पानी राख्न घैँटो, खाना पकाउन हाँडी, पूजा गर्न कलश र दीपावलीमा घरआँगन उज्यालो बनाउन दियो अनिवार्यजस्तै मानिन्थ्यो,' रामनारायणले भने, 'तर, अहिले ती स्थान क्रमशः आधुनिक सामग्रीले लिन थालेका छन्। चाडपर्वमा पनि माटाका सामग्रीको प्रयोग सीमित हुँदै जानुले परम्परागत पेसामा निर्भर परिवारको आम्दानी प्रभावित हुन थालेको छ।'

बजारमा प्लास्टिकका सामग्रीको चमक बढ्दै गर्दा माटोसँग जोडिएको परम्परागत पेसाको उज्यालो निभ्न नदिन राज्य, स्थानीय सरकार र उपभोक्ता सबैको साथ आवश्यक देखिएको कुमाल समुदायको भनाइ छ। रासस

प्रकाशित: १५ कार्तिक २०८३ ०९:२३ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
चाडपर्वले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : रवि लामिछाने

चाडपर्वले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। उनले नेपाली चाडपर्वले परिवार, समाज र समु...

#चाडपर्व
Compare →
Arthasansar
3d ago
नेपाल संवत्काे  अवसरमा प्रधानमन्त्रीको शुभकामना  : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

नेपाल संवत्काे अवसरमा प्रधानमन्त्रीको शुभकामना : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने...

#चाडपर्व
Compare →
Bizshala
5d ago
लक्ष्मीपूजाको साँझ आफैंलाई गर्नुपर्ने एउटा प्रश्नः वर्षभरि कमाएको पैसा कति जोगियो ?

लक्ष्मीपूजाको साँझ आफैंलाई गर्नुपर्ने एउटा प्रश्नः वर्षभरि कमाएको पैसा कति जोगियो ?

काठमाण्डौ । आज साँझ घरका मूलढोकामा दियो बल्नेछन्। धन र समृद्धिकी देवी महालक्ष्मीको पूजा गर्न कतै नगद र गरगहना राखिनेछन्,...

#वर्षभरि
Compare →
Onlinekhabar
1w ago
यामाहाको चाडपर्व अभियानमा सरस्वतीले जितिन् १० लाख रुपैयाँ

यामाहाको चाडपर्व अभियानमा सरस्वतीले जितिन् १० लाख रुपैयाँ

२० कात्तिक, बुटवल। यामाहा नेपालको चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् । रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे …

#चाडपर्व
Compare →
Ekantipur
1w ago
प्लास्टिकका भाँडाकुँडाको प्रतिस्पर्धाले संकटमा कुम्हालको परम्परागत पेसा

प्लास्टिकका भाँडाकुँडाको प्रतिस्पर्धाले संकटमा कुम्हालको परम्परागत पेसा

अहिले वीरगन्जको घण्टाघर आसपास मुख्य सडकको उत्तर र दक्षिणतर्फ ५० भन्दा बढी कुम्हालले माटाका भाँडाकुँडाका अस्थायी पसल थापेका छन् । केही भारतीय कुम्हालसमेत व्यापारका लागि वीरगन्ज आइपुगेका छन् ।

#माटा #भाँडा
Compare →

Related Stories

Business & Economy
Build #2611