परिवारको साथमा चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि रोजगारी र आर्थिक अवसरको खोजीमा परदेशिनुपर्ने उनीहरूको बाध्यता छ ।
विजया दशमीको दिन आफन्त र परिवारसँग टीका थाप्दै खुसी साटासाट गर्नुपर्ने बेला पनि धेरै नेपालीको मन अमिलो छ । सुनौलो भविष्यको खोजीमा उनीहरू टीकाकै दिन पनि देश छाड्न बाध्य छन् । निधारमा रातो टीका र जमरा सजाएर विमानस्थल पुगेका केहीले विदेश उड्नुअघि परिवारसँगै दसैँ मनाए ।
परिवारको साथमा चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि रोजगारी र आर्थिक अवसरको खोजीमा परदेशिनुपर्ने उनीहरूको बाध्यता छ । ‘आफ्ना सन्तानको भविष्य राम्रो होस् भन्ने चाहना सबै अभिभावकको हुन्छ । त्यही भविष्यका लागि भए पनि छोराछोरीलाई विदेश पठाउनुपर्ने बाध्यता छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका एक अभिभावकले भने ।
दीपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।