Trending
Prev Story
Next Story

जुगल–२ मा पहिलो आरोहण, तीन स्पेनी पर्वतारोही शिखरमा

Ekantipur •
October 31, 2026 • 05:01 PM
1
1 reads 0 reactions

६ हजार ५ सय १८ मिटर अग्लो हिमालमा यसअघि सफल आरोहण हुन सकेको थिएन । जुगल गाउँपालिकाले यस वर्ष सञ्चालन गरिरहेको भ्रमण वर्ष अभियानका क्रममा ३ स्पेनी आरोही शिखरमा पुगेका हुन् ।

जुगल–२ मा पहिलो आरोहण, तीन स्पेनी पर्वतारोही शिखरमा

६ हजार ५ सय १८ मिटर अग्लो हिमालमा यसअघि सफल आरोहण हुन सकेको थिएन । जुगल गाउँपालिकाले यस वर्ष सञ्चालन गरिरहेको भ्रमण वर्ष अभियानका क्रममा ३ स्पेनी आरोही शिखरमा पुगेका हुन् ।

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको जुगल हिमशृंखलामा पर्ने ६ हजार ५ सय १८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलो पटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोहीले शनिबार शिखरमा पुगेर जुगल–२ मा पहिलो आरोहणको इतिहास बनाएका हुन्।

जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार शनिबार ड्रिम क्यारियर ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीमार्फत आरोहणमा गएका स्पेनी पर्वतारोही मिकेल जाबाल्जा, मिकेल साएज र रुबेन पेरेज ले जुगल–२ को सफल आरोहण गरेका हुन्। 'उनीहरू आरोहण सकेर दिपु गाउँ आइपुगेका छन्,' उनले भने।

आरोहणका लागि कठिन मानिने जुगल–२ मा यसअघि सफल आरोहण हुन सकेको थिएन। चुनौतीपूर्ण भौगोलिक बनावट र कठिन आरोहण मार्गका कारण यो हिमाल पर्वतारोहीका लागि चुनौतीपूर्ण मानिँदै आएको स्थानीय गाइड लाक्पा शेर्पाले बताए। तीन स्पेनी आरोहीको सफलताले जुगल हिमशृंखलालाई अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सिन्धुपाल्चोकको हिमाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जुगल गाउँपालिकाले यस वर्ष ‘जुगल भ्रमण वर्ष २०८३’ अभियान सञ्चालन गरिरहेको छ। ‘गन्तव्य जुगल’ नारासहित अघि बढाइएको अभियानले हिमाल आरोहण, पदमार्ग विकास, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन र पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ।

भ्रमण वर्षको अवसरमा जुगल हिमशृंखलाका तीन चुचुरो आरोहण गर्ने लक्ष्यसहित तीन समूहका ११ जना आरोही आधारशिविर पुगेका थिए। गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार जुगल–३ आरोहणको तयारीमा रहेका टोली शुक्रबार आधारशिविर पुगेका थिए।

‘आरोहण यो सफलतापछि गाउँपालिकाको लगानीमा सञ्चालित ट्रेकिङ गाइड तालिम प्राप्त दिपु बासी लाक्पा शेर्पाको नेतृत्वमा आरोहण अभियानमा छन्,’ अध्यक्ष स्याङ्बोले भने। जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङले आरोहण टोलीलाई गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको बताए।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
जुगल-२ हिमालमा पहिलो पटक स्पेनी आरोहीको सफल आरोहण

जुगल-२ हिमालमा पहिलो पटक स्पेनी आरोहीको सफल आरोहण

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलो पटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को ...

#जुगल #आरोहण #सफल
Compare →
Onlinekhabar
3w ago
जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

१४ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ । स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण …

#जुगल #आरोहण #सफल
Compare →
Nagarik News
1w ago
शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ।

#आरोहण
Compare →
Arthasansar
1mo ago
शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा...

#आरोहण
Compare →

Related Stories

Science & Climate
Build #2612