Trending
Prev Story
Next Story

मन्दिरा लामिछाने धिमाल अन्तर्राष्ट्रिय साइन्स काउन्सिलको फेलो घोषित

Ekantipur •
October 18, 2026 • 06:34 PM
1
1 reads 0 reactions

मन्दिरा लामिछाने धिमाल यो सम्मान पाउने पहिलो नेपाली महिला र दोस्रो नेपाली नागरिक हुन् ।

मन्दिरा लामिछाने धिमाल अन्तर्राष्ट्रिय साइन्स काउन्सिलको फेलो घोषित

मन्दिरा लामिछाने धिमाल यो सम्मान पाउने पहिलो नेपाली महिला र दोस्रो नेपाली नागरिक हुन् ।

काठमाडौँ — नेपाली अनुसन्धानकर्ता तथा सामाजिक वैज्ञानिक मन्दिरा लामिछाने धिमाल अन्तर्राष्ट्रिय साइन्स काउन्सिल (आईएससी) को फेलोमा चयन भएकी छन् ।

उनी यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने पहिलो नेपाली महिला वैज्ञानिक र नेपालबाट फेलो बन्ने दोस्रो नेपाली नागरिक हुन् ।

अन्तर्राष्ट्रिय साइन्स काउन्सिलले सन् २०२६ का लागि विश्वका विभिन्न देशका नयाँ फेलोहरूको नाम सार्वजनिक गरेको हो । परिषद्का अनुसार नयाँ फेलोहरूले करिब ३० देशको प्रतिनिधित्व गर्छन् । विज्ञानलाई विश्वव्यापी जनहितको माध्यमका रूपमा अघि बढाउन उल्लेखनीय योगदान पुर्‍याएका वैज्ञानिक, अनुसन्धानकर्ता, नीति निर्माता तथा विज्ञहरूलाई यस सम्मानका लागि चयन गरिएको हो ।

धिमाल काठमाडौंस्थित प्लानेटरी हेल्थ रिसर्च सेन्टर (पीएचआरसी) की रिसर्च डाइरेक्टर तथा फेलो हुन् । उनी जलवायु परिवर्तन, वातावरणीय स्वास्थ्य, लैंगिक समानता र सार्वजनिक स्वास्थ्यका क्षेत्रमा अनुसन्धान तथा नीतिगत काममा सक्रिय छिन् । उनका अनुसन्धानले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने प्रभाव र दिगो विकासमा लैंगिक दृष्टिकोणको महत्त्वलाई समेटेका छन् ।

उनले वैज्ञानिक अनुसन्धानबाट प्राप्त प्रमाणलाई नीति निर्माणमा उपयोग गर्ने तथा स्वास्थ्य र वातावरणसम्बन्धी चुनौतीको समाधान खोज्ने क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन् । उनको छनोटले नेपाली अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप बलियो बनाएको छ ।

अन्तर्राष्ट्रिय साइन्स काउन्सिल सन् २०१८ मा स्थापना भएको अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था हो । यसले विश्वभरका वैज्ञानिक संस्था तथा अनुसन्धान सञ्जाललाई एक ठाउँमा ल्याएर वैज्ञानिक सहकार्य प्रवर्द्धन गर्ने काम गर्छ । विज्ञानलाई समाजको हितमा उपयोग गर्ने र वैज्ञानिक ज्ञानका आधारमा निर्णय प्रक्रिया प्रभावकारी बनाउने यसको मुख्य उद्देश्य हो ।

सन् २०२२ मा स्थापना गरिएको आईएससी फेलोसिप परिषद्ले व्यक्तिलाई प्रदान गर्ने सर्वोच्च सम्मान हो । यसका फेलोहरूले वैज्ञानिक सहकार्य विस्तार गर्ने, विज्ञान र नीति निर्माणबीचको सम्बन्ध सुदृढ पार्ने तथा समाजमा विज्ञानको योगदान बढाउन भूमिका निर्वाह गर्छन् ।

फेलोसिपका लागि आईएससीका सदस्य संस्था, वर्तमान फेलो, परिषद्का अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा साझेदार सञ्जालबाट नाम सिफारिस गरिन्छ ।

नेपालबाट यसअघि सन् २०२३ मा मेघनाथ धिमाल अन्तर्राष्ट्रिय साइन्स काउन्सिलको फेलो नियुक्त भएका थिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धानकर्ता धिमालले जनस्वास्थ्य, वातावरणीय स्वास्थ्य तथा जलवायु परिवर्तनका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनी यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली नागरिक बनेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
व्यक्तिगत कीर्तिमानभन्दा टिमको जित महत्त्वपूर्ण : सन्दीप लामिछाने

व्यक्तिगत कीर्तिमानभन्दा टिमको जित महत्त्वपूर्ण : सन्दीप लामिछाने

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले व्यक्तिगत कीर्तिमानभन्दा टिमको जितलाई प्राथमिकता दिने बताएका छन् । पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले प्र...

#लामिछाने
Compare →
Nagarik News
1w ago
प्रेस काउन्सिल अध्यादेश फिर्ता गर: युनियन अध्यक्ष लम्साल

प्रेस काउन्सिल अध्यादेश फिर्ता गर: युनियन अध्यक्ष लम्साल

लम्सालले स्वतन्त्र पत्रकारिता संकुचित गर्न सरकार लागेको बताए । संसदमा पेस भएको मिडिया काउन्सिल विधेयक परिमार्जन गरेर पास गर्नुपर्ने लम्सालको तर्क थियो ।

#काउन्सिल
Compare →
Onlinekhabar
1w ago
अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने

अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने

१९ कार्तिक, काठमाडौं । सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार बढाउँदै उसले उजुरी नपर्दै पनि काउन्सिलले मिडिया कन्टेन्टमाथि छानबिन गर्ने पाउने गरी अध्यादेश ल्याएको छ । उक्त अध्यादेश मन्त्रिपरिषद्ले सिफारिस गरी राष्ट्रपति कार्यालयमा पठाएको छ । अध्यादेश अनुसार …

#काउन्सिल
Compare →
Bizshala
1w ago
सामाजिक सञ्जालका समाचार पेज र इन्फ्लुएन्सर पनि प्रेस काउन्सिलको दायरामा

सामाजिक सञ्जालका समाचार पेज र इन्फ्लुएन्सर पनि प्रेस काउन्सिलको दायरामा

काठमाण्डौ । सरकारले अनलाइन सञ्चारमाध्यमसँगै सामाजिक सञ्जालमार्फत समाचारमूलक सामग्री उत्पादन गर्ने पेज, च्यानल,...

#काउन्सिल
Compare →

Related Stories

World News
Build #2612