काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी)द्वारा बैंककमा आयोजित ‘दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा सहभागी भएर मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किएका हुन् ।
सम्मेलनमार्फत् मन्त्री श्रेष्ठले नेपालले हालै भोगेको शृङ्खलाबद्ध जलवायु विपद्, त्यसले पुर्याएको अपूरणीय क्षति र हिमाली क्षेत्रको उत्थानशीलताका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्यबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
Read full story at source ( nepalpress.com )