सडक र पुलको अभावमा कृषि उपज बजारसम्म पुर्याउन नसक्दा गोरखाको गण्डकी गाउँपालिकाका किसानले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्। मेहनत गरेर उत्पादन गरेको तरकारी समयमै बजार पुर्याउन नसक्दा उचित मूल्य पाउन नसकेको र कतिपय अवस्थामा बारीमै कुहिएर खेर जाने गरेको किसानको गुनासो छ।
यही समस्याबारे स्थानीयले गृहमन्त्री सुधन गुरुङसँग गुनासो गरेका छन्। मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुलको अभावले कृषि उत्पादनको बजारीकरणमा समस्या भइरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )