Trending
Prev Story
Next Story

नक्कली नोटसहित सिरहामा दुई जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । सिरहा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार राति ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डबाट दुई …

नक्कली नोटसहित सिरहामा दुई जना पक्राउ

१४ कात्तिक, काठमाडौं । सिरहा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार राति ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डबाट दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–६ का ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मिया रहेको प्रहरीले जनाएको छ । उनीहरूबाट २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ५०० रुपैयाँ दरका ३ थान र एक हजार रुपैयाँ दरका २४ थान गरी जम्मा २७ थान नोट बरामद भएका छन् ।

बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ’त्यु, चालक फरार

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ’त्यु, चालक फरार

सिरहा नगरपालिका-११ भलुवाहीस्थित चोहर्वा–सिरहा सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

#सिरहा #नगरपालिका
Compare →
Hamro Patro News
8h ago
नक्कली भिडियो कलबाट ४० करोड डलरभन्दा बढी चोरी

नक्कली भिडियो कलबाट ४० करोड डलरभन्दा बढी चोरी

उत्तर कोरियाली राज्यसमर्थित ह्याकरहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट तयार पारिएका नक्कली भिडियो कल प्रयोग गरी ४० करोड अमेरिकी डलरभन्दा बढी रकम चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफ...

#नक्कली
Compare →

Related Stories

National (Nepal)
Build #2612