Trending
Prev Story
Next Story

सञ्चारगृहमा प्रहरी पठाउनेमाथि तत्काल कारबाही गर्न सरकारलाई रास्वपाको अल्टिमेटम

Nagarik News •
October 31, 2026 • 12:12 PM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा पसेर पत्रकारलाई धरपकड गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

सञ्चारगृहमा प्रहरी पठाउनेमाथि तत्काल कारबाही गर्न सरकारलाई रास्वपाको अल्टिमेटम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा पसेर पत्रकारलाई धरपकड गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको आकस्मिक सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपा प्रवक्ता जगदिश खरेलले यसबारे जानकारी दिएका हुन्। उनले न्युजरुममै पुगेर पत्रकारमाथि धरपकड तथा पक्राउ गरिनु गलत भएको भन्दै सरकारले कुनै सम्झौता नगरी दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने बताए।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि रास्वपा दृढ छ,’ प्रवक्ता खरेलले भने, ‘सञ्चारगृहमा प्रहरी कसको आदेशमा, किन र कसरी प्रवेश गर्‍यो भन्नेबारे सत्यतथ्य छानबिन हुनुपर्छ। दोषी जोसुकै भए पनि शीघ्र कानुनी दायरामा ल्याउन पार्टीले सरकारलाई स्पष्ट निर्देशन दिएको छ।’ उनले घटना हुनासाथ पार्टीले विरोध जनाएको र प्रधानमन्त्री कार्यालयबाट समेत कुनै संलग्नता नरहेको स्पष्ट भइसकेको उल्लेख गरे।

यसैगरी, रास्वपा सचिवालय बैठकले न्यायालयमा देखिएका पछिल्ला विकृति, विसंगति र न्यायाधीशहरूसँग जोडिएका विवादको निकास अदालत वा न्यायपरिषद्बाट मात्र सम्भव नहुने निष्कर्ष निकालेको छ। समग्र न्यायक्षेत्रको पुनर्संरचनाका लागि संवैधानिक बाटोबाट प्रक्रिया अघि बढाउन बैठकले आफ्नाे संसदीय दललाई निर्देशन दिएको छ।

बैठकमा पार्टी सह-महामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको ‘मधेश अडिट’ सम्बन्धी प्रतिवेदन अध्ययनका लागि पेस गरिएको छ।

यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने निर्णयसमेत बैठकले गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८३ १७:५७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापतिसमेत रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली सूचीमा समेटिएकोमा बधाई दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिँदै जलवायु …

#रास्वपा
Compare →
Hamro Patro News
3d ago
रास्वपा सभापति लामिछानेः शुभकामना सन्देश

रास्वपा सभापति लामिछानेः शुभकामना सन्देश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । तिहार...

#रास्वपा
Compare →
Ekantipur
1w ago
रास्वपा सभापतिले नै गर्न थाले सरकारको आलोचना

रास्वपा सभापतिले नै गर्न थाले सरकारको आलोचना

सरकारले पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकड तथा प्रहरी महानिरीक्षक हेरफेर गरेपछि रास्वपा सभापति रवि लामिछानेले आलोचनात्मक अभिव्यक्ति दिइरहेका छन् ।

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612