Trending
Prev Story
Next Story

सप्तरीमा कुटपिटबाट घाइते यादवको मृत्यु, दुई जना प्रहरीको नियन्त्रणमा

Ekantipur •
October 20, 2026 • 09:41 PM
2
2 reads 0 reactions

धानखेतमा घाइते अवस्थामा भेटिएका अरबिन्द यादवको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

सप्तरीमा कुटपिटबाट घाइते यादवको मृत्यु, दुई जना प्रहरीको नियन्त्रणमा

धानखेतमा घाइते अवस्थामा भेटिएका अरबिन्द यादवको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–४, लालापट्टीमा कुटपिट गरी घाइते बनाइएका एक व्यक्तिको मृत्यु भएको छ । जुक्ति यादवका ५० वर्षीय छोरा अरबिन्द यादव मंगलबार दिउँसो घरदेखि १ किलोमिटर उत्तरतर्फ धानखेतमा घाइते अवस्थामा भेटिएका थिए ।

उपचारका लागि उनलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको थियो । उपचारकै क्रममा उनको पौने ४ बजेतिर मृत्यु भएको सप्तरीका एसपी रुपक खड्काले जानकारी दिए । उनका अनुसार यादवको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो ।

घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने के कारणले विवाद भएको हो भन्ने विषय खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि थप कानुनी प्रक्रिया अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

स्थानीयका अनुसार यादव खेतमा काम गर्न पुगेका थिए । छिमेकी खेतवालासँग त्यहीँ विवाद भएपछि अरू गाउँलेलाई बोलाएर यादवमाथि निर्घात कुटपिट गरिएको थियो । यादव खेतमै लडेपछि उनीहरू फरार भएका थिए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचो...

#घाइते #मृत्यु
Compare →
Nagarik News
15h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते #उपचार
Compare →
Onlinekhabar
20h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#घाइते #मृत्यु
Compare →
Arthasansar
18h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#घाइते #मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612