Trending
Prev Story
Next Story

संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन, आँच पुर्‍याउनेले सजाय पाउनुपर्छ: रवि लामिछाने

Nagarik News •
October 31, 2026 • 11:58 AM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही पनि नभएको बताएका छन्।

संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन, आँच पुर्‍याउनेले सजाय पाउनुपर्छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही पनि नभएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले संविधान र लोकतन्त्रमा आँच आउने काम गर्ने जोसुकै भए पनि सजायको भागीदार हुनुपर्ने बताएका हुन्।

‘संविधानभन्दा माथि र डेमोक्रेसीभन्दा ठूलो केही छैन, कोही छैन। रास्वपा र रवि लामिछाने यसमा स्पष्ट छ, यसमा कहिल्यै कसैले दुविधा मान्नुपर्दैन,’ उनले भने, ‘संविधानमा आँच आउने कुनै पनि क्रियाकलाप जोकसैले गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्छ र त्यसले जिम्मेवारी लिनुपर्छ।’

संविधानलाई बेवास्ता गर्ने तथा संविधानप्रदत्त अधिकारलाई मिच्ने जोकोही व्यक्तिले उन्मुक्ति नपाउने उनले बताए। यस विषयमा पार्टी बैठक बसेर छिट्टै आधिकारिक निर्णय सार्वजनिक गरिने समेत उनले जानकारी दिए।

प्रकाशित: १४ कार्तिक २०८३ १७:४३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
चाडपर्वले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : रवि लामिछाने

चाडपर्वले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। उनले नेपाली चाडपर्वले परिवार, समाज र समु...

#रवि-लामिछाने #रवि #लामिछाने
Compare →
Ekantipur
6d ago
निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

भरतपुरदेखि मुग्लिन र कालिकासम्मका कार्यक्रममा सहभागी भएका लामिछानेले सरकारका कामकारबाही तथा पार्टीभित्रका गतिविधिमाथि खरो टिप्पणी गरे।

#रवि-लामिछाने #रवि #लामिछाने
Compare →
Onlinekhabar
1w ago
जनताको हुर्मत लिन जनताको अभिमत दुरुपयोग नगर्नुस् : रवि लामिछाने

जनताको हुर्मत लिन जनताको अभिमत दुरुपयोग नगर्नुस् : रवि लामिछाने

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्ताहरूलाई दम्भ त्याग्न र जनताले दिएको अभिमतको दुरुपयोग नगर्न कडा निर्देशन दिएका छन्। शुक्रबार चितवनमा पार्टीको एक कार्यक्रममा बोल्दै उनले शक्ति …

#रवि-लामिछाने #रवि #लामिछाने
Compare →

Related Stories

Politics & Governance
Build #2612