Trending
Prev Story
Next Story

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

Nagarik News •
October 31, 2026 • 11:03 AM
1
1 reads 0 reactions

शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ। निरन्तर हावाहुरी, वर्षासँगै हिमपात हुँदा यहाँ चिसो बढेको छ।

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ। निरन्तर हावाहुरी, वर्षासँगै हिमपात हुँदा यहाँ चिसो बढेको छ।

बडीमालिका, बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, हिमालीलगायत स्थानीय तहका उच्च हिमाली भेगमा गएराति नै हिमपात भएको थियो। जिल्लामा लगातार वर्षा भइरहेको छ। चिसो बढेसँगै स्थानीय बासिन्दा, पशुचौपाया तथा दैनिक कामकाज प्रभावित भएका छन्। विशेषगरी वृद्धवृद्धा, बालबालिका र बिरामीलाई चिसोले बढी समस्या पारेको छ।

वर्षा र हिमपातका कारण ग्रामीण क्षेत्रका सडक तथा पैदलमार्गमा आवतजावत गर्नसमेत कठिनाइ भएको छ। किसानलाई कृषि तथा पशुपालनका काममा असहज भएको छ। यस्तै, निरन्तरको वर्षा र हावाहुरीका कारण जिल्लामा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ।

मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि दैनिक जनजीवन बनेको स्थानीय शेरबहादुर बुढाले बताए । जिल्लामा करिब धान बाली भित्र्याउने काम अन्तिम चरणमा पुगेर कोदोबाली काट्ने चटारोमा रहेका किसानलाई वर्षाले समस्या पारेको उहाँको भनाइ छ। मौसममा सुधार नआए खेतमा रहेको पराल सुकाउन र पोकेको बाली सुरक्षित रूपमा भित्र्याउन समस्या हुने उनको भनाइ छ।

यस्तै, धार्मिक तथा पर्यकटीय क्षेत्र बडीमालिकामा पुगेका दुई जना पर्यटक निरन्तरको वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा र कृष्णपुर नगरपालिका २ बस्ने २१ वर्षका सागर कार्की सम्पर्कविहीन भएका छन्। यही असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो। तीमध्ये पूर्वका तीन जना भने बडीमालिका पुगेर सदरमुकाम मार्तडी फर्किसकेका छन्।

प्रकाशित: १४ कार्तिक २०८३ १६:४८ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
4d ago
हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

काठमाण्डौ । आज सोमबार देशको हिमाली भूभागमा आंशिक बदली रहने र एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बाँकी...

#हिमपात #हिमाली #भेग
Compare →
Arthasansar
3d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#हिमपात #हिमाली
Compare →
Onlinekhabar
23h ago
हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

२७ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान …

#हिमाली #भेग #हिमपात
Compare →
Hamro Patro News
5d ago
चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

बाजुरा। उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन्। कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हु...

#हिमाली #चिसो #बाजुरा
Compare →
Ekantipur
4d ago
जलवायु वित्त र लगानी बढाएर हिमाली क्षेत्रको उत्थानशीलता बलियो बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु वित्त र लगानी बढाएर हिमाली क्षेत्रको उत्थानशीलता बलियो बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

नेपालमा हालैको बाढीले पुर्‍याएको आर्थिक, भौतिक र मानवीय क्षतिले क्षेत्रीय तथा विश्वव्यापी एकता र सहकार्यको आवश्यकता थप उजागर गरेको शिशिर खनालको भनाइ छ ।

#हिमाली
Compare →

Related Stories

Technology
Build #2612