Trending
Prev Story
Next Story

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही छैन : सभापति लामिछाने

Ekantipur •
October 31, 2026 • 12:01 PM
1
1 reads 0 reactions

संविधानलाई बेवास्ता गर्ने व्यक्ति कारबाहीको भागीदार हुनुपर्ने रास्वपा सभापति रवि लामिछानेले बताएका छन् । संविधानप्रदत्त अधिकार हनन हुने काम जोसुकैले गरेको भएपनि कारबाही हुने उनले बताए ।

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही छैन : सभापति लामिछाने

संविधानलाई बेवास्ता गर्ने व्यक्ति कारबाहीको भागीदार हुनुपर्ने रास्वपा सभापति रवि लामिछानेले बताएका छन् । संविधानप्रदत्त अधिकार हनन हुने काम जोसुकैले गरेको भएपनि कारबाही हुने उनले बताए ।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही नभएको स्पष्ट पारेका छन् । संविधान र लोकतन्त्रभन्दा बाहिरको बाटो नजानका लागि सरकारलाई पार्टीले निर्देशन दिएको उनले बताए ।

रास्वपा सचिवालयको शनिबारको बैठकपछि सभापति लामिछानेले संविधानभन्दा माथि गएर गतिविधि गर्ने सजायको भागीदार हुनुपर्ने स्पष्ट पारेको बताए । 'अहिले बैठक बसेर स्पष्टसँग भनेका छौं, एउटा कुरा के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र डेमोक्रेशीभन्दा ठूलो केही छैन, कोही छैन । रास्वपा यसमा स्पष्ट छ, रवि लामिछाने यो कुरामा स्पष्ट छ । यसमा कहिले पनि द्वविधा गरिरहनु पर्दैन,' सभापति लामिछानेले भने, 'संविधानभन्दा माथि कोही पनि छैन, यसमा आँच आउने कुनै पनि क्रियाकलाप जोकोहीले पनि गरेको छ भने सजायको भागीदार हुनुपर्नेछ, त्यसलेजिम्मेवारी लिनुपर्नेछ ।'

संविधानलाई नै बेवास्ता गर्ने काम गरेको छ भने कारबाही हुने सभापति लामिछानेको भनाइ छ । संविधानप्रदत्त अधिकार हनन हुने काम जोसुकैले गरेको भएपनि कारबाही हुने उनले बताए ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
देश बनाउन सरकार टिक्नुपर्छ, हैन त रविजी ?

देश बनाउन सरकार टिक्नुपर्छ, हैन त रविजी ?

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री बालेन्द्र शाहसँग डराउने बताएका छन् । बालेन नेतृत्वको सरकारलाई पाँच वर्ष टिकाउँने रविको आश्वासनप्रति...

#रवि-लामिछाने #बताए
Compare →
Nagarik News
3d ago
देउसी भैलो गाउँदै रवि लामिछानेको वाचा : जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने

देउसी भैलो गाउँदै रवि लामिछानेको वाचा : जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने

उनले भने, ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’

#रवि-लामिछाने #लामिछाने
Compare →

Related Stories

Politics & Governance
Build #2612