अफ्रिकाबाट संकलित २ करोड ११ लाख २३ हजार रुपैयाँ नगद प्रधानमन्त्री राहत कोषमा जम्मा हुनुको साथै र ३५ लाख रुपैयाँभन्दाको राहत सामग्री प्रभावित परिवारलाई वितरण भइसकेको जनाइएको छ ।
काठमाडौं — भोटेकोशी बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का राष्ट्रिय समन्वय परिषद्हरूले संकलन गरेको २ करोडभन्दा बढी रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् ।
अफ्रिकाबाट संकलित २ करोड ११ लाख २३ हजार रुपैयाँ नगद प्रधानमन्त्री राहत कोषमा जम्मा हुनुको साथै र ३५ लाख रुपैयाँभन्दाको राहत सामग्री प्रभावित परिवारलाई वितरण भइसकेको जनाइएको छ ।
अफ्रिकामा रहेका नेपाली समुदाय र नेपालप्रति सद्भाव राख्ने व्यक्ति तथा संस्थाहरूले मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने उद्देश्यले आर्थिक तथा भौतिक राहत जुटाएका हुन् ।
नाइजेरियामा रहेका नेपाली समुदाय, नेपालका शुभचिन्तक तथा औद्योगिक र व्यावसायिक प्रतिष्ठानहरूबाट संकलित ७७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । एनआरएनए घानाले ३ लाख रुपैयाँ, प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट १३ लाख, तान्जानियाबाट २ लाख ५० हजार, दक्षिण अफ्रिकाबाट ६ लाख, केन्याबाट ९ लाख २३ हजार र बोत्स्वानाबाट ५० हजार रुपैयाँ संकलन भएको थियो ।