Trending
Prev Story
Next Story

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

५ कात्तिक, काठमाडौं । साउदी अरबको अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा भारतीय र पाकिस्तानका एक–एक नागरिक घाइते भएका छन् । बुधबार भएको घटनामा नेपाल …

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

५ कात्तिक, काठमाडौं । साउदी अरबको अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ ।

घटनामा भारतीय र पाकिस्तानका एक–एक नागरिक घाइते भएका छन् ।

बुधबार भएको घटनामा नेपाल र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को सिमाना नजिक रहेको शैबह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई बीचमै रोकिएको थियो ।

त्यसपछि खसेको भग्नावशेषले तेल केन्द्रमा क्षति पुगेको थियो । भग्नावशेष खस्दा केन्द्रमा ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा समेत आगलागी भएको थियो ।

मन्त्रालयले ड्रोन कसले प्रक्षेपण गरेको भन्नेबारे भने खुलाएको छैन । तर पछिल्लो समय हुथी विद्रोहीहरुले यमनबाट साउदी अरबमा आक्रमण गर्दै आएका छन् ।

पछिल्लो घटना साउदी अरबका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी भइरहेका आक्रमणको शृंखलाकै हिस्सा भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

बुधबार साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण मा परी एक जनाको मृत्यु भएको थियो भने आठ जना घाइते छन् । गत साता अक्टोबर ११ मा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा एक जनाको मृत्यु र ११ जना घाइते भएका थिए । त्यसको अघिल्लो दिन, अक्टोबर १० मा सोही विमानस्थलमा भएको अर्को आक्रमणमा १२ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए ।

गत महिना हुथी विद्रोहीको ड्रोनलाई बीचमै रोक्ने क्रममा खसेको भग्नावशेष लागेर साउदी अरबमा एक यमनी नागरिकको मृत्यु भएको थियो । रिपोर्टहरूका अनुसार हुथी समूहले आक्रमण तीव्र पारेपछि साउदी अरबमा भएको त्यो पहिलो सर्वसाधारणको मृत्यु थियो ।

यसै महिनाको सुरुमा साउदी अरबको पूर्वी प्रान्तस्थित अराम्कोको एक केन्द्रमा भएको आक्रमणपछि प्रशासनिक भवनमा सीमित आगलागी भएको ऊर्जा मन्त्रालयले जनाएको थियो ।

यमनमा हुथी विद्रोही र साउदीसमर्थित सरकारी सेनाबीच पुन: द्वन्द्व चर्किएसँगै क्षेत्रीय तनाव बढेको छ । चार वर्षसम्म कायम रहेको युद्धविराम भंग भएपछि यमनको द्वन्द्व थप चर्किएको हो ।

यसैबीच, अमेरिकाले साउदी अरबमा रहेका गैरआवश्यक सरकारी कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले बुधबार यस्तो निर्णय हुथी विद्रोहीका आक्रमण, विशेषगरी विमानस्थललाई लक्षित गरिएका हमलासँग सम्बन्धित रहेको बताएका छन् ।

‘विदेश मन्त्रालयका कर्मचारी र उनीहरूका परिवारको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो । उनीहरूको संरक्षण र सहयोगका लागि आवश्यक सबै कदम चालिरहनेछौँ,’ पिगोटले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै ४० वर्षीया केन्याली महिला एस्थर वान्जा मुथोनीलाई १०० कोर्रा हान्ने सजाय सुनाइएको छ।

#साउदी #अरब
Compare →
Hamro Patro News
1d ago
मकवानपुरमा ईभी गाडी ६०० मिटर तल खस्दा १० जनाको मृत्यु, ६ जना घाइते

मकवानपुरमा ईभी गाडी ६०० मिटर तल खस्दा १० जनाको मृत्यु, ६ जना घाइते

काठमाडौ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित भीमफेदी–कुलेखानी सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट भीमफेदी...

#मृत्यु #खस्दा
Compare →
Ekantipur
10h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#मृत्यु
Compare →
Arthasansar
18h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#ड्रोन
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612