Trending
Prev Story
Next Story

कुलेखानी जलाशयको सतह बढेपछि उच्च सतर्कता, काठमाडौं जोड्ने सडक यातायात बन्द

Ekantipur •
October 31, 2026 • 09:31 AM
1
1 reads 0 reactions

प्रशासनले बाढी तथा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै भैँसे–भीमफेदी–देउकाली–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्डमा आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको छ ।

कुलेखानी जलाशयको सतह बढेपछि उच्च सतर्कता, काठमाडौं जोड्ने सडक यातायात बन्द

प्रशासनले बाढी तथा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै भैँसे–भीमफेदी–देउकाली–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्डमा आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको छ ।

काठमाडौँ — लगातार वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह खतराको तह पार गर्न सक्ने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले जलाशय आसपासका बासिन्दालाई सुरक्षित रहन र काठमाडौं जोड्ने सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार जारी गरेको सूचनाअनुसार आज दिउँसो ४ बजेसम्म कुलेखानी जलाशयको जलसतह १५२९ मिटर पुग्न सक्ने अनुमान छ । निरन्तर वर्षाका कारण जलाशयको सतह थप बढ्न सक्ने र बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आउन सक्ने पनि प्रशासनको भनाइ छ ।

मुलुककै ठूलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाको जलाधार क्षेत्रमा शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । जलाशय भरिनुभन्दा अगाडि बाँध खोल्नुपर्ने अवस्था आउन सक्ने जोखिमलाई मध्यजनर गर्दै आयोजनाले साइरनको व्यवस्थासमेत गरेको छ। तल्लो तटीय भाग सिस्नेरी लगायतका क्षेत्रमा साइरन जडान गरिएको छ । जलाशयको बाँधमा पानीको सतह १ हजार ५ सय २९ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था छ ।

बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आएमा मुख्य जोखिम मकवानपुरको तल्लो तटीय क्षेत्र (सिस्नेरी खोला/बागमती नदी किनार) मा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने प्रशासनले जनाएको छ ।

प्रशासनले  नदी किनारमा नजान, नुहाउन तथा माछा मार्न नहुने र सुरक्षित स्थानमा रहन सम्बन्धित क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ । साथै बाढी तथा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै भैँसे–भीमफेदी–देउकाली–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्डमा आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ ।

प्रशासनले सो अवधिमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन नगर्न र यात्रा गर्नुअघि सम्बन्धित निकायबाट जानकारी लिनसमेत आग्रह गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

काठमाडौँ – काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन यात्रुवाहक सवारी सञ्चालनमा समयसीमा लागू गरेको छ। काठमाडौँका प्रमुख जिल्...

#कुलेखानी #काठमाडौं
Compare →
Nagarik News
7h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Bizshala
11h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →
Onlinekhabar
14h ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2611