Trending
Prev Story
Next Story

बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन

Nagarik News •
October 31, 2026 • 07:30 AM
1
1 reads 0 reactions

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन्।

बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन्। बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन्। यही कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेकामा तीन जना भने बडीमालिका पुगेर फर्किसकेका उनले बताए।

चार हजार दुई मिटर उचाइमा अवस्थित बडीमालिका भगवती मन्दिरमा दर्शन गरेर फर्कने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन रहेकामा गए रातिदेखि सागर कार्कीसँग पनि सम्पर्क हुन नसकेको सूचना अधिकारी शाहीले जानकारी दिए। 'हिजो सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुहुन्थ्यो', उनले भने, 'उहाँहरू सो क्षेत्रमा भारी हिमपातका कारण अलपत्र पर्नुभएको हुनसक्छ।'

सूचना अधिकारी शाहीले त्यहाँ पुगेका मनिष हिमपातपछि हराएका र भारी हिउँ पर्दा तल झर्न नसक्दा सागर पनि अलपत्र परेका हुनसक्ने बताए। दुवै जनाको मोबाइल बन्द भएको सङ्केत आइरहेकाले उद्धार टोली त्यसतर्फ खोजीका लागि पठाउने तयारी भइरहेको उनले बताए।

जिल्लामा शुक्रबारदेखि भएको वर्षाका कारण बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा उद्धार गर्न कठिनाइ भएको जनाउँदै सूचना अधिकारी शाहीले मार्तडीबाट प्रहरीको टोली खटाउने तयारी भइरहेको उल्लेख गरे।

प्रकाशित: १४ कार्तिक २०८३ १३:१५ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3d ago
पर्यटकले भरिभराउ लुक्ला, दिनमै २ सय उडान

पर्यटकले भरिभराउ लुक्ला, दिनमै २ सय उडान

सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प), नाम्चे बजार, गोक्यो ताललगायतका हिमाली गन्तव्यमा पुग्ने पर्यटकको आवागमन बढेसँगै लुक्लामा चहलपहल बढेको हो।

#पर्यटक
Compare →
Hamro Patro News
5d ago
गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा भारी वर्षाले क्षति केही घन्टाको भारी वर्षाले आश्रयस्थलहरू तहस-नहस र करिब ४ लाख विस्थापित मानिसहरू उच्च जोखिममा कार्तिक २२, २०८३ कान्तिपुर संवाददाता गाजा...

#भारी
Compare →
Onlinekhabar
5d ago
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

२२ कात्तिक, मुस्ताङ। तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुन्। यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र …

#पर्यटक
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

Technology
Build #2611